राष्ट्रिय मुवाँथाई प्रतियोगिता सम्पन्न, 16 जना च्याम्पियन
पोखरा
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा नेपाल मुवाँथाई अर्गनाइजेसनको संयोजनमा पोखरा राष्ट्रिय स्तरको मुवाँथाई प्रतियोगिता सम्पन्न भएको छ । पोखरा ६ लेकसाइडस्थित नेपाल ट्रस्टको चौरमा सोमबार १६ फाइट हुँदै प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको कुल १६ मध्ये ७ प्रो–फाइट (प्रोफेसनल), ७ सेमी–प्रो र २ एमेचर फाइट भएका थिए ।
एक प्रतिस्पर्धा अवधारणा (वान फाइट सिस्टम) अनुसार भएको च्याम्पियनसिपमा हरेक खेलका विजेता तथा उपविजेताले नगद प्राप्त गरेका थिए । प्रो–फाइटतर्फ स्ट्रोङगेस्ट मुवाँथाईका ज्ञानेन्द्र सिंहले गालाकका आकेश केसीलाई (५७ केजी फेदरवेट) मा हराए । यस्तै राइनो मुवाँथाईका गुमान मगरले गोकर्णेश्वरका लाक्पा तामाङलाई (५५ केजी सुपर वेन्टमवेट), एरावान मुवाँथाईँ फाइट जिमका छिरिङ पल्देन शेर्पाले स्ट्रोङगेस्टका तेन्जिन राव्यान गुरुङलाई (६० केजी लाइट वेट), हिट मुवाँथाईका मिलन ता...









