Saturday, April 18News That Matters

राजनिति

गण्डकीमा गठबन्धनले गर्‍यो उम्मेदवारी दर्ता

गण्डकीमा गठबन्धनले गर्‍यो उम्मेदवारी दर्ता

राजनिति
पोखरा, पौष २३ राष्ट्रिय सभा चुनावका लागि गण्डकी प्रदेशमा गठबन्धन दलले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशमा अन्यतर्फ गोरखाका किरणबहादुर श्रेष्ठ, अपांग/अल्पसंख्यकतर्फ तनहुँका पदम परियार र महिलातर्फ पर्वतकी मनरुपा शर्माले उम्मेदवारी दर्ता गराएका हुन् ।श्रेष्ठ र परियार नेपाली कांग्रेस र शर्मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दर्ता गराएकी हुन् । यसअघि नेकपा एमालेबाट अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन, महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटाले उम्मेदवारी दर्ता गराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अन्यमा रोमबहादुर भण्डारी र महिलातर्फ गौमाया श्रेष्ठले उम्मेदवारी दिएका हुन् ।राष्ट्रिय सभा निर्वाचन आउँदो माघ ११ गते हुदैछ । गण्डकीमा अन्य, महिला र अपाङ्गता/अल्पसंख्यकमा १/१ गरी तीन क्लस्टरमा निर्वाचन हुनेछ ।गण्डकी प्रदेशब...
नीतिको खेती सिद्धान्त र विचारको व्यापार

नीतिको खेती सिद्धान्त र विचारको व्यापार

राजनिति
देशमा सङ्घीय लोकतान्त्रिक  गणतन्त्र त आयो तर हिजो देश बनाउछौं भन्ने हरुनै  पछिल्ला केही बर्ष यता नीतिको खेती सिद्धान्त  र  विचारको व्यापार गर्नमा तल्लिन देखिन थालेका छन् । यहि कुरा हामी नेपाली जनताले भनेका मात्रै  हैनौं नेता मन्त्री, माननीय ज्यु हरुमा देखिएको प्रवृत्ति र जिवनशैलिले त्यस्तै सङ्केत  देखाएको छ। कुनै पनि देशको सर्वाङ्गिण विकासका लागि राज्यव्यवस्था संचालनका लागि राजनीति अपरिहार्य छ। जसले देशमा आफ्नो नीतिलाइ प्रवेश गराउँदै, स्थापित गराउँदै, कानुन मात्रै बनाउदैन आफ्नो विचार आम जनता माझ प्रवाह गर्छ आफ्नो  सिद्धान्त विचार र नीति पार्छ, आफ्नो सिद्धान्त  नीति र विचार लाई आम जनता बिचमा स्थापित गर्छ , आम जनताको मन जित्न सफल भएर चुनावमा विजय प्राप्त गर्छ, सत्तामा पुग्छ राज्य व्यवस्था सहि ढङ्गले संचालन गर्छ र असल शासकको परिचयसहित असल शासकको रुपमा सिङ्गो देशमा स्थापित हुन सफल हुन्छ । ...