Sunday, March 23News That Matters

Tag: #drougs

पूर्व पश्चिममा अवैध लागूऔषध सहित ११ जना पक्राउ

ताजा समाचार, मुख्य समाचर
मोरङको , पथरी शनिश्चरे नगरपालिका-९ जरायो टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम सहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रबिन्द्रराज राई, २९ वर्षीय सनम मगर र ३२ वर्षीय बिरेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँकेको , नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध जस्तो देखिने खैरो पदार्थ ७ सय ७० मिलिग्राम सहित बैजनाथ गाउँपालिका-२ बिकाशनगर बस्ने कैलाली चुरे गाउँपालिका-५ घर भएका २० वर्षीय मोहन राना मगरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सुनसरीको , धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लाग...