Friday, September 11News That Matters

नेताहरु पोला पोल अर्थतन्त्र डामाडोल

यो समाचार शेयर गर्नुहोस्

यति बेला देसमा दुइटा चटारो छ। सरकार मन्त्री बिभिन्न दल  नेता तथा कार्यकर्ता हरुलाइ तछाड  मछाड भ्याइ नभ्याइ छ।कतै रातो किताबमा टिपाउन र योजना पार्नको त कतै सरकार टिकाउन त कतै आफ्नो प्रस्ताव विकाउन कतै असारे रोपाइँ को चटारो कतै असारे वजेट सिध्याउनको चटारो छ। कतै तालिमका नाममा कतै जालिमका नाममा  कतै के का नाममा कतै के का नाममा वजेट सिध्याउनकै हतारो छ। देस रिणै रिणले चुर्लुम्म डुवेको छ सरकार तलव खुवाउन नसक्ने अवस्थामा पुगेको  छ। त्यहि खुवाउने तलव पनि  जनता बाट उठेको राजस्व बाट पनि नपुगेर दातृ राष्ट्र हरुसग हात फैलाउनु पर्ने अवस्था छ।रेमिट्यान्स उहीँ डुब्तेको तिन्के सहारा भनेजस्तो देस रेमिट्यान्सले धानिएको छ। देसको अरवौ रकम मात्रै हैन दक्ष युवाजनशक्ति सहित बिदेस पढ्न जाने नाममा बाहिरिएको छ। 

लाखौ युवा  वेरोजगारिको पीडा सहन नसकेर  बिदेसिएका छन् । ती बिदेसिएका युवाका परिवार आफ्ना साना वालवच्चा पढाउनकै लागि  सानो कोठा लिएर भएपनि राम्रो शिक्षादिक्षा दिनका लागि शहर झरि रहेका छन्।  गाउँ रित्तिदै जान थालेका छन् कतिपय गाउँ शुन्य खालि भइ सकेका छन् । खेतवारि पाखो बाझो छाडिएका छन् ।उत्पादन शुन्यको अवस्थामा पुग्न थालेको छ। यसो कुनै कृषकले गाउमै बसेर कृषि कर्म गर्छु भनेर गाउमै बस्न चाहे पनि उत्पादनले बजार नपाएकै कारण उल्टै कि त शहरतिर झरेर सानोतिनो व्यापार जागिर खान बाध्य छन  कि त त्यहि कृषि पेसाकै रिण तिर्न नसकेर बिदेसिन बाध्य छन्। 

यता शहरतिर मुख्य मुख्य चोक सडक मुख्य  मुख्य बजार खालि हुदैछन्  व्यापारी विस्थापित हुँदै जान थालेका छन्। कतिपय व्यापारी  व्यवशायि व्यापार नभएर सटर घर भाडा तिर्नै नसकेर विस्थापित हुँदै गइ रहेका छन् त कतिपय व्यापारी व्यवशायि वित्तीय  बैक शहकारिको  रिणको ता के कुरा उहीँ हिजो  चक्रवर्ति व्याज व्याजको स्याज स्याजको पनि हर्जाना लिने भनेजस्तो डिजिटल युगमा प्रवेस गरेको वहाना र नाममा सिस्टमका नाममा ढाडै सेकिने गरि लगाएको व्याज पनि तिर्न नसकेर त कतै पसल घरजग्गा लिलामिको शिकार भएर कतिपय शहर छाडेर भाग्न लुक्न बाध्य छन् त कतिपय  व्यापारि व्यवशायि सर्वसाधारण  जनता स्वहत्या गरेर ज्यान फालि रहेका छन् । कतै बैकभरि पैसा छ तर व्यापारी व्यवशायि अरुको हालत र अवस्था देखेरै रिण लिन तर्सि रहेका छन्।डराइ रहेका छन् । किन भने बैक शहकारि भन्ने वित्तिकै बरु यमराजनै अगाडि आए पनि नतर्सलान्  सर्वसाधारण जनता बैक शहकारि सग तर्सिन थालेका छन। कतै  दुख सुख खाइ नखाइ  छोराछोरी पडाउनकै लागि बुढेसकालको सहारा  होलाकि  सानो टुक्रा जमिन लिउला एउटा छाप्रोको बास होला भनेर त कतै  यसो भएको घर जग्गा पनि बैकमा राखेर शहकारि बाट आएको एक दुई रुपिया ब्याजले  घर चलाउला छोराछोरि पढाउला स्वास्थ्य उपचार गराउला भनेर जम्मा गरेको पैसा नै शहकारिका सञ्चालक हरुले नै झ्वाम् पारि भागेकै कारण विलि विजोग अवस्थामा छन्।यहाँ सम्म कि घर न घाटका भएका छन्। सामान्य सर्वसारण जनताको ता के कुरा गर्नु  यहा भनी साध्य छैन।सरकारले जतिनै ठुला कुरा गरि रहेपनि जति नै  देसको अर्थतन्त्र बलियो भनेर घोषणा र विज्ञापन  गरि रहेपनि नेता मन्त्रिहरुले  जति नै भाषण गरे पनि देसको अर्थतन्त्र  डामाडोल भएकै हो।यहाँ लुकाएर छुपाएर केहि न त लुक्ने वाला नै छ, न त छुप्ने वाला नै छ।

लगभग देसैभरका ठुला ठुला भनिएका बैक शहकारिमा ठुला बडा हरुकै लगानि छ  भाग्ने  र थुनिनु पर्ने हरुमा  साना साना छन् । त्यसमा पनि मध्यम तहका कतिपय भागेका छन् कतिपय थुनिएका छन् । फेरिपनि यहानेर हरेक जनताको बिचमा  हरेक प्रस्न उठि रहेका छन्।  कहाँ  छ त यतिका धेरै अरवौ खरवौ रुपिया अकासले खायो कि पातालमा हरायो।  त्यसैले अब आम नेपालिले भन्नै पर्ने आवाज उठाउनै पर्ने हुन्छ अब देसले एक पटक नोटवन्दि खोजेको छ। यहाँ  ठुलो धनराशि  नेता मन्त्रि  मात्रै हैन उनकै निकटस्थ ठुला ठुला व्यापारिको  हातमा छ त्यसैले त यिनिहरुले नोटवन्दि गर्न ता के नोटवन्दि भन्न पनि कन्जुस्याइँ गरि रहेका छन्।। देसमा मात्र हैन बिदेसमा समेत अकुत सम्पति थुपारेर राखेका छन्। तर मन्त्री नेताहरु भने एकले अर्काको  गाड कोराकोर एकले  अर्कोलाइ पोलापोल गरि रहेका छन् । यो किन गरि रहेका छन् भने उहीँ छट्टुले चिलले चल्ला लग्यो चिलले चल्ला लग्यो  भनेर हल्ला गरेर अरुको ध्यान अकासतिर केन्द्रित गरेर  आफैले चल्ला लुकाए जस्तो गरेर  आम नेपालि जनतालाइ अलमल्याउने भुलाउने काम गरि रहेछन्। यदि त्यसो हैन भने  नेपालमा छिटोभन्दा छिटो नोटवन्दि गर्नुको विकल्प छैन। यतिबेला आम नेपालि जनताले हेरि रहेका छन् । देसको अर्थतन्त्र डामाडोल हुनुमा मन्त्रि सासद  देसका ठुला भनिएका दल  र तिनका नेता  उनका निकट रहेका भएका ठुला ठुला व्यापारि तथा कार्यकर्ता बाहेक अरु कोहि दोषि छैन । हैन भने किन पोलापोल गर्ने जनतालाई अर्थतन्त्र  डामाडोलको शिकार बनाउने यहिनेर आम नेपालि जनताको बिचमा  दर्जनौ शङ्का उपशङ्का सहित  प्रस्न उठि रहेका छन।

प्रतिकृया दिनुहोस