पोखराको-२०८१ / ५ / १९ , कार पार्किंग गर्ने क्रममा सेती नदी खोंचमा खस्दा दुई जना घाइते भएका छन्। पोखरा ११ स्थित मेडिपल्स हस्पिटल पछाडि बुधबार साँझ ग २ च ८१३८ नम्बरको कार ब्याक गरी पार्किङ गर्ने क्रममा सेती नदी खोँचमा खस्दा दुई जना घाइते भएका छन्।
उक्त कारसँगै सेती खोँचमा खसेका कार धनी पोखरा महानगरपालिका–८ सिमलचौर बस्ने ४० वर्षीय लोकेन्द्र आचार्य र निजको छोरी ४ वर्षीय छोरी सितल आचार्य घाइते भएका हुन्। पार्किङ गर्नेक्रममा ब्याक गर्दै गर्दा कार सेती खोचमा खसेको थियो।

कार खसेपछि कास्की प्रहरीले उनीहरुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कार पार्किङ स्थलबाट अन्दाजी २० मिटर तल खसेको प्रहरीले जनाएको छ ।