Wednesday, April 30News That Matters

पोखरामा नियमित खेलकुदका गतिविधि बढाउनः राखेप सदस्य गुरुङको आग्रह, प्रगती स्कुलको खेलकुद दिवस पोखरा रंगशालामा

यो समाचार शेयर गर्नुहोस्

पोखरा २०, पुष

राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य राजेशकुमार गुरुङले पोखरामा नियमित खेलकुदका गतिविधि बढाउन आग्रह गर्नु भएको छ । पोखराको प्रगती बोर्डिङ स्कुलको खेलकुद दिवस २०८० को शुक्रबार पोखरा रंगशालामा उद्घाटन गर्दै उहाँले गण्डकी प्रदेशको राजधानि पोखरामा खेलकुदका गतिविधिहरु बढाउन आग्रह गर्नु भएको हो ।

खेलकुदको जग भनेकै बिद्यालय भएकोले उक्त प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने गरी अहिले देखिनै खेलकुदका गतिविधि बढाउन सदस्य गुरुङले बिद्यालयहरुलाई सुझाव दिनु भएको हो । कर्णाली प्रदेशमा आउदो २०८१ को मंसिरमा हुने दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी खेलकुदका गतिविधि बढाउनु पर्ने उहाँको भनाई थियो ।

पोखरा रंगशालामा निर्माण भएका खेल भौतिक संरचनाको संरक्षण सहित भरपूर्ण रुपमा प्याव्सन, एन प्याव्सन, हिसान लगायतका संघ संस्थाहरुले उपयोग गर्न राखेप सदस्य गुरुङको भनाई थियो । उत्कृष्ट खेल प्रर्दशन गर्ने तथा नयाँ प्रतिभा खेलाडीहरु उत्पादन गर्न आवश्यक पर्ने खेल प्रशिक्षक समेत राखेपले उपलब्ध गराउने उहाँले बताउनु भयो । प्रगती स्कुलले ८ ईभेण्टमा यस बर्ष विभिन्न खेलकुद समेटेकोमा धन्यवाद दिदै सदस्य गुरुङले अगामी बर्ष देखि अझ बढी खेलहरुलाई समावेस गर्न आग्रह गर्नु भयो ।

बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष दानबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्याव्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेल, बिद्यालयका अतिरिक्त कृयाकलाप संयोजक सुमन कार्की लगायतले वोल्नु भएको थियो । बिद्यार्थीहरुको शैक्षिकसंगै खेलकुदको विकास गर्न पनि उक्त कार्यक्रम बार्षिक रुपमा गर्दै आएको बिद्यालयका संस्थापक दीनेश श्रेष्ठले जनाउनु भयो । बिद्यालयका ४ सदनहरु बिच विभिन्न ८ बिधामा खेल भएको प्लस टु संयोजक डोलराज अर्यालले बताउनु भयो । मार्च पासमा अन्नपूर्ण समुह उत्कृष्ट भएको बिद्यालयका शिक्षक शुक्रराज बरालले बताउनु भयो । बिद्यालयमा १ हजार १ सय ६२ जना बिद्यार्थीहरु अध्ययनरत हुनुहुन्छ । करिब ५ सय बिद्यार्थीहरु विभिन्न खेलकुदमा आबद्ध भएको बिद्यलायले जनाएको छ ।

प्रतिकृया दिनुहोस