पोखरा
गण्डकी विश्वविद्यालयले शुक्रबार अन्तर्राष्ट्रिय कन्फिरेन्स ९जियुआईसी० को आयोजना ग¥यो ।
‘सशक्तिकरण उत्कृष्टता ः अनुसन्धान र शिक्षामा विश्वव्यापी सहयोग’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो । पुसको १८ गतेदेखी आयोजना भएको सम्मेलन शुक्रबार सम्पन्न भयो । सम्मेलनमा विश्वविद्यालयको पठनपाठनलाई असर नगर्नेगरी सहभागि हुन पाइन्थ्यो । विश्वविद्यालयले १६ गते अर्थात सोमबार एक सूचना जारी ग¥यो । विश्वविद्यालयका डीन डा। कपिल अधिकारीलेका हस्ताक्षर रहेको उक्त सुचनाले विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारी पठन पाठन नै बन्द गरेर उक्त सम्मेलनमा सहभागी भए ।
सूचनामा भनिएको थियो, ‘गण्डकी विश्वविद्यालय अन्तर्राष्ट्रिय कन्फिरेन्स मा यस विद्यालयका सम्पूर्ण प्राध्यापक तथा कर्मचारीहरु नियमित पठनपाठन तथा प्रशासनिक कार्यमा बाधा नपुग्ने गरी सक्रिय रुपमा उपस्थिति हुनका लागि यो सूचना प्रकाशित गरिएको छ ।’ उक्त सूचना विश्वविद्यालयका आधिकारिक वेबसाइट, सामाजिक सञ्चाललगायमा जारी गरिएको थियो । तर प्राध्यापक तथा कर्मचारीहरु प्रशासन नै ठप्प पारेर उक्त सम्मेलनमा पुगेको विश्वविद्यालयका एक कर्मचारीले जानकारी दिए । ती कर्मचारीका अनुसार बिबिए, फार्मेसी, आईटी र स्पोट्र्स म्यानेजमेन्टका प्राध्यापक तथा कर्मचारी नै सम्मेलनमा पुगेका थिए । उक्त समयमा कानुनको मात्र अध्यापन भएको थियो ।
‘सबै कन्फिरेन्समा गए । विश्वविद्यालय नै बन्द जस्तै भयो । १८ देखि २० गतेसम्म प्रशासनिक र चार कार्यक्रम ठप्प भएको हो । डीनको निर्देशन कसैले मानेनन्’ ती कमृचारीले भने । सबै शिक्षक सम्मेलनमा पुगेपछि अध्यापन नभएको एक विधार्थीले जानकारी दिए । ‘बिदा भएको हो । गुरुहरु कन्फिरेन्समा गएका कारण विदा भयो ।’ ती विद्यार्थीले भने ।
