Sunday, March 23News That Matters

४७ तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण 

यो समाचार शेयर गर्नुहोस्

पोखरा 

इम्प्याक्ट तेक्वान्दो डोजाङले ४७ जना तेक्वान्दो खेलाडीलाई बेल्ट वितरण गरेको छ । पोखरा महानगरपालिका ५ प्रस्याङमा रहेको उक्त तेक्वान्दो डोजाङले शनिबार ४७ जना खेलाडीलाई बेल्ट वितरण गरेको हो । ४० जना खेलाडीलाई पहिलो र ७ जना खेलाडीलाई पहेलो हरियो बेल्ट प्रदान गरिएको डोजाङका प्रशिक्षक निरोज बहादुर नेपालीले जानकारी दिए । 

खेलाडीलाई प्रमुख अतिथि पोखरा महानगरपालिका ५ का वडाध्यक्ष विष्णु बराल, कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले बेल्ट प्रदान गरेका थिए । कार्यक्रममा ललितसिंह धामी, आनन्द सिग्देल, डोजाङका संस्थापक प्रकाश पुराजुली, सुदीप कोइराला, मिरा गुरुङ, सुरजकुमार माझी, निशान नेपाली र अर्जुन गुरुङको सहभागीता थियो ।

प्रतिकृया दिनुहोस