पोखरा, २३ पौष
नेपाल पत्रकार महासंघ कास्कीले दुई दिने विषय लेखन तालिम सम्पन्न गरेको छ । पोखरामा रहेर पत्रकारिता गरिरहेका पत्रकार तथा युवा पत्रकारहरुका लागि उक्त तालिमको आयोजना गरिएको हो ।
तालिममा निकै उत्साहजनक सहभागिता रहेको थियो ।

पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारीले तालिमले राम्रो समाचार लेखनलाई मद्दत मिल्नेमा आफू आसावादी रहेको सुनाइन् । महासंघ पत्रकारहरुको छाता संगठन भएकाले पत्रकारका लागि यस्ता कार्यक्रमहरु आयोजना गरुरहेको सुनाइन । तालिम संयोजक तथा उपाध्यक्ष राम प्रसाद तिमिल्सिनाले तालिमले पत्रकारहरुलाई समाचार लेखन वृद्धिमा इट्टा थप्ने काम गरेको बताए ।

समापन कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेल रहेका थिए । दुइदिने तालिम तथा प्रशिक्षणको मुख्य प्रशिक्षक गोरखापत्रका सम्पादक मोदनाथ ढकाल, प्रमुख प्रशिक्षक राष्ट्रिय समाचार समिति प्रधान सम्पादक एकराज पाठक रहेका थिए । यस्तै पोखराका अग्रज पत्रकार पुण्य पौडेलसहित बासुदेव मिश्र, केशव शरण लामिछाने, भरत कोइराला , कमल पौडेल अथक, दिपक परियार लगायतले पत्रकारिता बारे अनुभव प्रस्तुतसँगै प्रशिक्षण दिएका थिए । प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
