रत्न श्री जिम द्वारा आयोजित वनभोज तथा बधाई तथा सन्मान कार्यक्रम आज पोखरा २६ मा सम्पन्न भएको छ।



आयोजित बनभोज तथा सन्मान कार्यक्रममा रत्नश्री जिम शान्ति नगर चोक प्रमुख तथा प्रशिक्षक कमल भण्डारि साथै रत्नश्री जिम सेन्टर लेकसाइडका सुरेस लामा, र सुमित सेन सन्मानित हुनु भएको छ।

रत्नश्री जिम पोखरा प्रमुख शङ्करमान उदास ज्यु को आतिथ्यमा गरिएको आयोजित कार्यक्रममा रत्नश्री जिम सेन्टर शान्तिनगर चोक प्रमुख तथा प्रशिक्षक भण्डारि, लामा ,साथै सेनलाई प्रमुख उदासले बधाई दिनुका साथै मायाको चिनो सहित सन्मान गर्नु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख उदासले पोखरामा जिम अभ्यास गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै यसरी विभिन्न विधामा बिभिन्न मेडल प्राप्त गर्न सफल भएकोमा बधाई दिदै यसले सिङ्गो पोखराको समेत गरिमा लाइ बढाएको महशुस भएको वताउदै खुसि व्यक्त गर्नु भएको थियो।

सन्मानित सेन मिस्टर पोखरा फिजिकमा प्रथम भै गोल्डमेडल प्राप्त गर्न सफल हुनु भएको थियो।
सन्मानित लामा रुपन्देहि थ्रि तेस्रो, क्लासिकल दोस्रो, वुल्स थ्रि मा प्रथम वुल्समेनमा चौथो, मिस्टर हिमालयनमा चौथो हुन सफल भै मेडल प्राप्त गर्नु भएको थियो ।

सन्मानित भण्डारी सुर्य क्लासिकल २०२३ इन्टर नेशनल मा प्रथम हुनु भएको थियो भने चौथो मिस्टर वुल्समेनमा समेत प्रथम हुनु भएको थियो । त्यसैगरी ०८० भाद्र १८ गते काठमाडौंमा आयोजित एसियन वडि विल्डिङ एण्ड फिजिक स्पोर्टस च्याम्पियनसिप मा तेस्रो हुनु भएको थियो भने वहाले विगतका बर्षमा पनि दर्जनौ मेडल प्राप्त गर्न सफल हुनु भएको थियो ।

वनभोज तथा सन्मान कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक खेल भएका थिए जसमा घैटोफोर्ने खेलमा घैटो फोरि विजयि भएका एञ्जल गुरुङ , अमृता राई ,कृष्ण अधिकारि लाई जिम गर्न लाग्ने शुल्क जनहि एक महिना निशुल्क गर्न पाउने घोषण गरिएको थियो भने कार्यक्रम सचालन तथा मनोरन्जनात्मक खेलको सहजिकरण रत्नश्री जिम सेन्टर प्रमुख तथा प्रशिक्षक अविनेस श्रेष्ठले गर्नु भएको थियो ।
आयोजित कार्यक्रममा रत्नश्री जिम सेन्टर नदिपुर ,रत्नश्री जिम सेन्टर शान्तिनगर चोक, रत्नश्री जिम सेन्टर इन्द्रमार्ग ,रत्नश्री जिम सेन्टर लेकसाइडका जिम प्रशिक्षक ,सदस्य त प्रशिक्ष्यार्थि हरुको उपस्थिति रहेको थियो ।





















