देसमा ठुलो परिवर्तन आयो नेपाली जनतामा इतिहासमै नभएको खुसिहालि छायो । उहीँ भनाइ नै छ नि एउटा सानो बच्चाले आमा बा आए, बा आए भन्दा मेरा आए, तेरा के आए भनेजस्तो नेतालाइ भयो । जसको बाउ मर्यो उसैको छोरो टुहुरो भनेजस्तो नेपाली जनतालाइ भयो।जो सत्तामा गयो उहीँ नेपालि जनता बाट झन् टाढा हुदै गयो। हिजो जनता सगै जनताकै लागि भन्नेहरु के का लागि कसका लागि चप्पल पड्काउदै मरिहत्ते गर्दै जनताको घर घर घोषणापत्र छोड्दै हात जोड्दै किन आएका रहेछन् नेपालि जनताले ढिलै भएपनि बल्ल थाहा पाए। हिजो जनताको बिचमा पाटि र अनुशासनका कुरा गर्ने देसमा शुशासनका कुरा गर्ने हरु आज आएर देस र जनताप्रती भन्दा पनि कसकालागि रहेछन् भन्ने कुरा नेपालि जनताले राम्रै सग बुझि सकेका छन्। हिजोअनुशासन र शुसासनको र परिभाषा के हो भनेर कार्यकर्ता लाइ जनता लाई बुझाउने हरुले आज आएर पाटिको नीति सिद्दान्त र विचार बाट स्खलित हुदै पुरै युटर्न हुदै अनुशासन र शुसाशननको परिभाषा के हो भन्ने परिभाषा राम्रै सग बुझाउन थालेका छन् ।
त्यसैले अब नेपालि जनताले एउटा राजनितिक पाटि हैन एउटा नेता हैन सबैपाटि र नेताहरु सग प्रस्न गरि शुशासन र अनुशासनको परिभाषा के हो भनेर सोध्ने बेला आएको छ। के देसमा भ्रष्टचार वेथिती मौलाउदै जानु माफियातन्त्रले जरा गाड्दै जानु भ्रष्ट तस्करहरुले राज्यको सम्पति मनोमानि बेचविखन वा दोहन गर्नु हिजो चप्पल पड्काउदै काठमाडौ कता पर्छ भन्दै सिहदरवार वरपर का हरु सग सोध्नेहरु रातारात सम्पन्नशालि धनाढ्य हुनु बिदेसि बैकमा अकुत पैसा जम्मा गर्नु छोराछोरि ज्वाइ मात्रै कहा हो र पुसाजु भानिज दाइ लाई समेत दुहुनो गाई भएको सरकारि गोठमा गोठालो राख्नु अगुवा पछुवा आम्टे झाम्टे छाम्टे चिप्लेकिराका सन्तान कुरौटे अरौटे भरौटेका वँश लाइ समेत शासन सत्ताको अंश लगाउदै उल्फाको धन फुपुको श्राद्दे भनेजस्तो गरि ठाउँ ठाउका अदृस्य सेयर लगानि साझेदारि गर्ने विकासका नाममा भ्रष्ट माफिया (दठे) हरुलाइ टेण्डर पार्दै अन्तिम सम्म चाट्दै र कोपर्दै लास्टमा पेटिदारलाइ ठेक्का पट्टा सुम्पदै विकास निर्माणका कामलाइ अलपत्र पार्दै आम नेपालि जनताले बर्षौ देखि दुख सास्ति खेपि रहनु पर्दा पनि थाहै नपाए झै गर्ने यसो काठमाडौ छाडेपनि कि त उडेर कि त गुडेर हुइकिदै आउने अनि तिनै दलाल माफिया अनि पाटिकै सबै हैन, केही आउरे बाउरे छाउरे हरु सग भेटघाट सेटिङ सिक्वास मिलाएर जनतालाइ भेटेर जनताका वास्तविक पीडा र समस्या के के छन् बुझ्दै नबुझिकन उल्टै जनताकै आखैमा धुलो छारो पर्ने गरि जनताकै खुन पसिना बाट तिरेको कर बाट किनेको रङ्गिन टिनको टोक्रामा अघिपछि टोक्रै टोक्राको लाइन लगाउदै घुइकिएर जाने अनि सिहदरवार हैन त्यो शासन सत्ता राजनितिक सेयर दरवारमा जाने र रमाउने त्यसैले अब नेपालि जनताले यि शासक हरुसग प्रस्न गर्नु पर्ने अवस्था आएको छ। अनुशासन र शुशासनको परिभाषा के यहि हो त ।
त्यति मात्रै कहाँ हो र पछिल्लो केही दसक यता त न्यायालयमा शैक्षिक क्षेत्रमा स्वास्थ्य क्षेत्रमा सुरक्षा निकाय विभिन्न खाले आयोग मात्रै नभएर माथि देखि तलसम्म सामान्य ति साना नानि बाबु पढ्ने विध्यालय व्यवस्थापन समिती एउटा मापदण्डनै नपुग्ने दुइ हाते बाटो बनाउदा समेत उपभोक्ता समिती ,निर्माण समिति, टोल विकासका नाममा बनाइने समिति, आमा समुह ,युवा समिति, यहाँ सम्म कि मठ मन्दिरका रक्षा सरक्षणका नाममा धार्मिक समिति,यहासम्मकि जेष्ठ नागरिक समिती बनाउदा समेत ठुला भनिएका राजनितिक पाटि हरुले भेडो काटेर भाग लगाए जस्तै गरेर झन् अनुशासन र शुशासनको राम्रै परिभाषा दिदै आएका छन्।त्यति मात्रै हैन पछिल्लो समयमा त यति सम्म गिरेर आफ्नो पाटिको भए भ्रष्ट माफिया जे जस्तो भएपनि बचाउनु पर्ने उसलाइ कारवाहि गर्नु नप्ने उ जेल जानै नहुने हिजो भ्रष्टाचारका विरुद्ध घाँटी फुलाएर भाषण गर्ने जोसिला नेताहरु समेत चुपचाप बस्न थालेका छन्।आटिमा लुकेका मुसा झै लुक्न थालेका छन्। भने कुनै पाटि र नेताहरु भने नजानिदो ढङ्गले उस्तैपरे सरकारनै ढलाइदिने साङ्केतिक धम्किपुर्ण अभिव्यक्ती दिन थालेका छन्।त्यसैले अब आम नेपालि जनताले जुन पाटि भएपनि जुन नेता भएपनि जुनसुकै ठाउमा जहा भेट्यो त्यहि ठामका ठाम् अनुशासन र शुशासनको परिभाषा यहि हो त नेता ज्यु भनेर सोध्ने बेला आएको छ।