नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले मंगलबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्रीको कार्यकक्षमा राजपत्रमा प्रकासित केही ऐन कानुन तथा नियमावलि परिमार्जन वा ससोधनका लागि अनुरोध सहित ज्ञापन पत्र बुझाउने क्रममा केही व्यवसायी र मजदुरबाट भएको वहस तथा कार्यप्रति गम्भिर बनाएको जनाएको छ।



महासंघ प्रदेश समितिका संयोजक केदारप्रसाद पौडेलले आजै एक ध्यानाकर्षण पत्र प्रकाशित गर्दै कुनै पनि विवादित वा असहमतिका विषयमा छलफल तथा संवाद गर्दा मजदुर तथा व्यवसायी प्रतिनिधिहरुले संयमित तथा अनुशासित भई आफ्ना कुरा राख्न समेत अनुरोध गर्नुभएको छ ।

“भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ज्ञापनपत्र बुझाउने सन्दर्भमा मजदुर तथा केही व्यवसायीहरुबाट सम्बन्धित मन्त्रालयको मन्त्री रेसम वहादुर जुग्जालि ज्यु कै कार्य कक्षभित्र जुन खालको प्रस्तुती हुन गयो, यो कामबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश संयोजकको नाताले आफुलाइ निकै स्तब्ध तथा आत्मग्लानी बनाएको ध्यानाकर्षण पत्रमा वताएका छन्।
संयोजक पौडेलले जारी गर्नुभएको ध्यानाकर्षण पत्रमा सो कुरा उल्लेख छ ।
महासंघले गण्डकी प्रदेश सरकारले केही दिन पहिले राजपत्रमा प्रकाशित गरेको यातायात सम्बन्धी केही नीतिगत अस्पष्टता लगायत अन्य केही विषयहरुमा समेत समितिको ध्यानाकर्षण भएको जनाएको छ ।





















