फिरौती माग्न एक महिनादेखी योजना, पहिलो योजनामै पक्राउ
‘सच काम खतम गर्नेका पाँच करोड अफर किया हैं, चलो सेम डिल नहीं मर्नेका पाँच करोड तुम अफर करोगें, समझ्लो तुमहरा फेमीलिका प्रोटेक्सन मनी हैं । सन्डे तक (आइतबार) पेसा रेडी होना चाहिए, कब कैसे और कहाँ मे बताउँगा’ यो कुनै फिल्मको डाइलग होइन् । यो माघ १८ गते पोखरा लामाचौर बस्ने प्रकाश गैरेलाई आएको मेसेज हो । उनीलाई अन्जान नम्बरबाट आएको यो मेसेजपछि फोन पनि आउँछ र पाँच करोड रुपैयाँ मागिन्छ । पाँच करोड रुपैयाँ नदिए उनीसहित उनका परिवारलाई मार्ने धम्की थियो । प्रकाश सच्याई केन्द्रका केन्द्रिय अध्यक्ष हुनुहुन्छ । उहाँ पोखरा १६ दिपमा सच्याईकेन्द्र सञ्चालक हुनुहुन्छ । मेसेज पछि प्रकाश प्रहरीकहाँ पुग्छन् र खबर गर्नुहुन्छ ।





प्रहरी पनि अनुसन्धानमा जुट्छ र खुल्छ एक महिनाअघि मात्रै कतारबाट आएका एक युवाले साथीसँग मिलेर योजना बनाएको कुरा त्यो पनि युटुबबाट सूचना संकलन गरी । पर्वत कुश्मा नगरपालिका २ खुर्कोटका लक्ष्मण दर्जी एक महिनाअघि मात्र वैदेशिक रोजगारबाट नेपाल फर्किए । ३६ वर्षिय दर्जी फर्र्किएलगत्तै पोखरा आउँछन र आफ्नो साथी पर्वत आर्थरका ४२ वर्षिय दिपक बहादुर खत्रीसँग भेट गर्छन् । उनीहरु पोखरा ८ सिमलचौरमा डेरा गरी बस्छन् । दुवै जना १३ गते शनिबार सच्याइमा जान्छन एक दुई घण्टा भुलि प्रकाशको नम्बर मागि हिड्छन् । नम्बर लिएको पाँच दिनपछि अर्थात १८ गते म्यासेज धम्कीपूर्ण म्यासेज पठाउँछन् । त्यसपछि २० गते पुनः दुवै सच्याई केन्द्रमा जान्छन्, घटनाको असरको बारेमा बुझ्छन् । २३ गते पुनः त्यहाँ पुग्छन्, गतिविधि हेर्छन् र २४ पक्राउ पर्छन् ।
कास्की प्रहरीले मेसेज आएकै दिनबाट उक्त नम्बरको अनुसन्धानमा जुटेको थियो । अनुन्धान गर्दै जाँदा उनीहरु भएको थाहा पाएपछि बुधबार राती दुबै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन कुमार थापाले जानकारी दिनुभयो ।
‘हिन्दी भाषामा म्यासेज गरेको छ र फोनमा कुरा गर्दा पनि हिन्दी भाषाकै प्रयोग गरेको देखिन्छ । त्यसपछि उनीहरुको साथबाट अन्य कुरा पनि खुलेका छन् । त्यहाँ बिग मनी बिग टार्गेट भनि लेखेको भेटिन्छ, किडन्याप भन्ने शब्दपनि भेटिन्छ, फिरौती भन्ने शब्द छ, सुटआउट भन्ने शब्द प्रयोग गरेको छ, प्रोटेक्सन मनि, रिच किड्च (धनिका बच्चा) भनि नेता, व्यापारि, गुण्डा, भू माफिया, मेडिकल माफिया, म्यानपावर माफिया, विक पोइन्टमा गणतन्त्र÷राजतन्त्र र धर्म निरपेक्षता÷ हिन्दु राष्ट्र भन्ने शब्द पनि प्रयोग गरेका छन्’ एसपीले भन्नुभयो, ‘जतिपनि नेता, उद्योग व्यवसायी, एनआरएन सबैको नाम लेखेका छन् । त्यतिमात्र होइन उनीहरुका छोराछोरीको समेत नाम लेखेका छन् ।’
एसपीका अनुसार उनीहरुको अपराधिक पृष्ठभूमि हेर्दा दिपक बहादुर खत्री पर्वतमा ०७९ सालमा हातहतियार तथा खरखजना मुद्धामा पक्राउ परेका थिए । यस्तै ०७१ सालमा वडा प्रहरी कार्यालय बगर कास्कीमा सार्वजानिक मुद्धा (अभद्र व्यवहार) चलेको देखिएको छ । दुई जना विरुद्ध लागुऔषध गाँजा, हातहतियार खरखजना र आपराधिक लाभ मुद्धा चलाइने भएको छ । तीन मुद्धाका फरक फरक सजाय हुने एसपीले बताउनुभयो ।





















