पोखराको मुटुकै रुपले परिचित राजा महेन्द्रले पुल निर्माण गरेसगै महेन्द्र पुलको नामले चिर परिचित तथा स्थापित भएसगै बहुदल आएपछि पनि जनजिभ्रोमा कमै भएपनि भिमसेनचोक पनि भन्दै आएको पोखरा महानगरको वडा नम्बर ९ महेन्द्र पुल प्रवेस गर्ने मुल सडककै दायाँ बाया बर्षौ देखि भाडामा रहेको जग्गा खालि भएसगै स्मार्ट सार्वजनिक शौचालय निर्माण भएर उद्घघाटन पश्चात् पनि अझै पुर्णत सम्पन्न हुन नपाउदै फेरि त्यसकै अगाडि नजिकै भएको अन्तर्राष्ट्रिय झण्डापार्क प्रजातन्त्र दिवसको अवसरमा सोमबार बिहान पोखरा महानगरका प्रमुख धनराज आचार्य र लायन्स क्लव अन्तर्राष्ट्रियका निर्देशक बालकृष्ण बुर्लाकोटीले संयुक्त रुपमा उद्घाटन गरेका छन ।

सार्क राष्ट्र कै सदस्य समेत रहेको नेपाल देसमा सायद यो झण्डा पार्क र्नै पहिलो हुनु पर्छ। जसले पोखरा शहरको मात्रै हैन आफ्नो देसको समेत विश्वकै सयुक्त राष्ट्र सघमा आवद्ध करिव १६० देसहरुमा आफ्नो पहिचान बनाउन सक्ने भएको छ।
हालै पोखराको महेन्द्रपुलमा निर्माण भएको झण्डा पार्कमा विश्व भरिका सबै देशहरुको झण्डालाई संकलन गरि आकर्षक तरिकाले सजाएर राखिएको छ ।

संयुक्त रास्ट्रसंघमा दर्ता भएका देशको आधिकारिक झन्डा राखेर उक्त देशहरुबाट आउने पर्यटककलाई आफ्नो देशको झन्डा सहित सबै देशको झन्डा देख्ने अवसर मिल्ने छ । जसले गर्दा पर्यटकलाइ समेत यहाँ आएपछि आफ्नो देसको झण्डा देख्ने बित्तिकै छुट्टै प्रकारको अपनत्व बढ्नेछ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो चुनावी घोषणा पत्रमा पोखरामा नयाँ पर्यटकीय गन्तव्य थप गर्ने विषय समेत थपेका थिए । सोही अनुरुप प्रजातन्त्र दिवसको अवसर पारेर बजारको मुख्य भागमा अन्तर्राष्ट्रिय झन्डा पार्क बनाई नयाँ आकर्षक गन्तव्य थप गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामि दिनमा पनि यसै गरि लायनले जस्तै अन्य सघ सस्थाले पनि समग्र पोखराको विकास निर्माणका लागि चाहना राखेमा हातमा हात मिलाउने प्रतिवद्दता समेत जनाए ।

हाल झण्डापार्क बनाएको स्थानमा पहिले व्यक्तिगत प्रयोजानका निम्ति सटर बनाएर भाडा मा दिएको भएता पनि आज सम्म कति भाडा कसले महानगर लाई बुझायो भन्ने तक स्पष्ट नभए पनि । सो सार्वजनिक जग्गामा बनेका टहरा सटर हटाएर अन्तर्राष्ट्रिय झण्डापार्क बनाऊदा सम्रग पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुका लागि पनि महत्त्वपूर्ण गन्तव्य हुने मेयर धनराज आचार्यले बताए ।

पोखराको यो अन्तराष्ट्रिय झण्डा पार्कमा आउने विदेशीले आफ्नो देशको झन्डा अगाडी पुगेर तस्बिर लिन सक्नेछन ।
जसले गर्दा यहाँ आउने पर्यटकका लागि एउटा गन्तक्य थप हुने तथा आन्तरिक पर्यटक मात्र नभएर स्कुल कलेजका बिध्यार्थिहरुका लागि पनि शैक्षिक अध्ययन गर्न पनि सहज हुने मेयर आचार्यले वताए