पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित जनप्रिय माध्यमिक बिद्यालयका बिद्यार्थीबिच “म बनाउछु मेरो देश” वक्ततृत्वकला सम्पन्न भएको छ ।




जनप्रिय बिद्यालयको कक्षा ७, ८ र ९ मा अध्यनरत बिद्यार्थीबिच “म बनाउछु मेरो देश” वक्ततृत्वकला सम्पन्न भएको हो । नेपाल दशनामी समाज युवा समिती कास्कीको आयोजनामा सो वक्ततृत्वकलाको आयोजना गरिएको हो । वक्ततृत्वकलामा २५ जना सहभागी बिद्यार्थीहरु मध्य प्रथम, द्वितिय, तृतिय र सान्तवना २ जनालाई पुरस्कृत गरिएको छ । वक्ततृत्वकलामा कन्चन बि.क प्रथम, दिवस थापा द्वितिय र आयुस्मा वाग्ले तृतिय हुन सफल भए । कृतज्ञा सोनी र प्रंशसा नेपाल सन्त्वनामा परिन् ।

बिद्यार्थी जीवनदेखि देश प्रतिको माया र आदर्श जगाउन वक्ततृत्वकलाको आयोजना गरेको आयोजक सस्था नेपाल दशनामी समाज युवा समिती कास्कीकी अध्यक्ष सरस्वती पुरीले बताईन् । कार्यक्रममा प्रमुख अतिथि नेपाल दशनामी समाज कास्कीका अध्यक्ष हिरा गिरी, विशेष अतिथि विधालयका प्रधानाध्यापक देवी प्रसाद वास्ताकोटीको उपस्थिती रहेको थियो ।

यस्तै वक्ततृत्वकलाको निर्णायक मण्डलमा सुस्मा पौडेल र रामकुमार अधिकारी रहेका थिए ।आयोजक सस्थाका सचिव सन्देश गिरीले संचालन गरेको कार्यक्रममा दिपक गिरीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा आयोजक सस्थाका कृतिगिरी कामना गिरी शिवगिरी र कृष्णगिरीको उपस्थिति रहेको थियो।






















