Tuesday, January 20News That Matters

प्रथम पोखरा -१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न

यो समाचार शेयर गर्नुहोस्

पोखरा महानगरपालिका वडा नं. १७ मा रहेको पुल्चोक क्लब पोखरा१७ ले प्रथम पोखरा१७ वडा अध्यक्ष विद्यालयस्तरीय सडक दौड प्रतियोगिता सम्पन्न गरेको दौडमा करिब छात्र/छात्रा गरेर १२० जना विद्यार्थी प्रतियोगिता मा सहभागी सहभागी रहेका थिए

 पुल्चोक क्लब पोखरा१७  ले आयोजना गरेको  पार्दी मा.वि. बाट सुरु भई छोरेपाटन पेट्रोल पम्पतितेपानीपुल्चोकड्यामसाइडरास्ट्रबैकचोकमुस्ताङ चोक हुँदै पार्दी मा.वि. सम्म दौड तय गरेको थियो जसमा पाँच कि.मि. को दौड रहेको थियो

 वडा स्तरीय दौडमा पोखरा महानगरपालिका वडा १७ मा रहेका विद्यालयका छात्र छात्रा को सहभागी हुनेगरि भएको प्रतियोगितामा छात्रातर्फ बाट छोरेपाटन माध्यमिक विद्यालयकि २६ मिनेट १२ सेकेन्डमा दौड पुरा गरी प्रथम नारायणी भण्डारी भएकी थिइन, भने छात्रतर्फ बाट १८ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यमिक विद्यालयका तेन्जोन रोका मगर प्रथम भएका हुन दोस्रोमा छात्रा तर्फबाट २६ मिनेट ३४ सेकेन्डमा दौड पुरा गरी छोरेपाटनका विष्णु थापा भएकी थिइन भने छात्रतर्फ बाट २० मिनेट ५४ सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यामिक विद्यालयका प्रकाश थिङ भएका हुन तेस्रोमा छात्रा तर्फबाट २७ मिनेट १४ सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यमिक विद्यालयका का कञ्चन लिम्बू भएकी हुन भने छात्रतर्फ बाट २१ मिनेट सेकेन्डमा दौड पुरा गरी पार्दी माध्यामिक विद्यालयका भगत गुरुङ तेस्रो भएका हुन साथै दौडमा छात्रातर्फ बाट सान्त्वनामा २७ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यमिक विद्यालयकी साधना सेवा भएकी थिइन भने छात्र तर्फ बाट २२ मिनेट २० सेकेन्डमा दौड पुरा गरी छोरेपाटन माध्यमिक विद्यालयका समीप परियार भएका हुन  

सो वडा स्तरीय दौड प्रतियोगितामा प्रथम हुने दुबै छात्र / छात्रा लाई आठ हजार मेडल प्रमाणपत्र, क्रमश: दोस्रो लाई हजार मेडल प्रमाणपत्र, तेस्रो लाई पाँच हजार मेडल प्रमाणपत्र सान्त्वनालाई तिन हजार मेडल प्रमाणपत्र प्रदान गरिएको थियो

प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १७, वडा अध्यक्ष राधिका शाही योगीले पूर्वाधारमा मात्र सीमित रहेर मानवीय विकास नहुने भन्दै अबको विकास स्वास्थ्य, शिक्षा, खेलकुद, महिला उद्यमशीलता युवा स्वरोजगारलाई जोडेर लगे मात्र मानवीय विकास सम्भव हुने बताउनु भएको थियो। 

 वडा अध्यक्ष राधिकाले भन्नु भयोप्रतियोगितामा सहभागी विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै आज किलो मिटर दौडमा सहभागी भएका खेलाडी भोलि १० किलोमिटर हुँदै भविष्यमा राष्ट्रिय खेलाडी बनेर म्याराथनमा सहभागी बन्न सक्नेछन् ” 

प्रतियोगितामा पोखरा महानगरपालिका खेलकुद विकास संघ का अध्यक्ष दीपक गोदारले बालबालिकाको सर्वाङ्गीण विकासका लागि घोकन्ते विद्यालाई मात्र अगाडि नबढाई मानसिक, बौद्धिक शारीरिक विकासमा पनि ध्यान दिनुपर्ने आफूले आफ्नो ऊर्जाशील समय खेलकुदमा समर्पित गरेको बताउँदै पोखरालाई खेलकुद नगरीको रुपमा चिनाउन खेलाडी उत्पादन गर्ने हाम्रो विशेष काम रहेको बताउनु भयो  

प्रतियोगिताका सभाध्यक्ष पुल्चोक क्लबको अध्यक्ष सुरज खवासले बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस्ता प्रतियोगिता गर्नुपर्ने यस्ता प्रतियोगिताले वडा नं१७ मा रहेका विद्यालय विद्यार्थी बिच आपसी सम्बन्ध बढाउनुको साथै भाइचाराको विकास गरी प्रतिस्पर्धी नभई सहयोगी संस्थाको रुपमा शिक्षालाई अगाडि बढाउने भावना जागृत गराउने उद्देश्यका साथ सडक दौड प्रतियोगिताको आयोजना गरिएको बताउनु भएको थियो

 सो प्रतियोगितामा पोखरा महानगरपालिका वडा १७ वडा सदस्य एवम् खेल संयोजन बिक्रम गुरुङ, पोखरा१७ वडा सदस्य तारा परियार, टोल विकास संस्था साथै विद्यालयका शिक्षक, शिक्षिका,प्राध्यानाध्यापक को बाक्लो उपस्थिति रहेको थियो भने मिडिया पार्टनर भूमिका नीतिप्रति मिडियाले गरेको थियो  

प्रतियोगितामाको प्रवर्द्धक रुपमा  पोखरा महानगरपालिका वडा नं १७ रहेको थियो भने युनिएस ट्रेनिङ एण्ड भिजा , एस हेल्पिङ ह्यान्ड सोसियल इन्टरप्राइजेज, श्री पार्दी मा.वि. , प्रोटिन हाउस पोखरा, डेभिज फल क्लब, बिरौटा सुइम एण्ड फिटनेस गोनेसा नेपाल, फिटनेस हब पोखराको सहकार्य रहेको थियो

प्रतिकृया दिनुहोस