Tuesday, January 20News That Matters

भन्नै पर्ने भएको छ,देस कता जादैछ?

यो समाचार शेयर गर्नुहोस्

हामिले लामो सघर्ष युद्ध आन्दोलन गरेर ल्याएको सघिय लोकतान्त्रिक गणतन्त्र बाट के पायौ उपलब्धि के के भए त भन्ने प्रस्नहरुले यतिबेला देसै भर चर्चा पाई रहेका छन् । केही शासक र उनका आसेपासे लाइ छाडेर आम नेपालि जनताको जन जिभ्रोमा एउटै प्रस्न छ। गणतन्त्र  आएर के भो त । हाम्रा दुख अझै पनि हामी सगै छन्। देस दिनप्रतिदिन ओरालो तर्फ धकेलिदै छ। गरिविले उचाइ बढाउदै जान थालेको छ। आम नेपालि जनता देसकै सिमा नाघेरै भएपनि बिदेस जान बाध्य मात्रै हैन आतुर छन्।  यहाँ सम्म कि  खुसि खुसि नेपाली नागरिकता त्याग्न तयार छन् ।शहरका सटर कवल खालि हुदै जान थालेका छन् घर हुने घर नहुने दुबै थरि ताउर र माउर छन्। यसो भएका युवाहरु देस बिदेस लाउर छन् । गाउ खालि छन् । यसो भएका  हरु पनि बादरको चाप बढेसगै गाउँ छाड्न बाध्य हुदैछन्। शहरमा हुनेहरु पनि ऋणै ऋणको  भार  थेग्नै नसकेर कोहि  आत्महत्या गर्न त कोोहि पलायन हुन बाध्य छन्।  कतै शहरमा ब्यवशाय गर्ने हरुनै बैक  शहकारिकै किस्ता र भाडा तिर्न  नसकेर पिडित छन्। कतै यसो भाडा  उठाएर  बैक शहकारिको किस्ता तिर्दै जाउला भनेर घर भाडामा लगाउने हरु समेत बैक शहकारिको किस्ता तिर्न नसकेर  आफ्नै घर पनि  कतै छाडेर जानू पर्ने त हैन  भन्ने अवस्था आउनुले पिडित छन्। समग्रमा भन्नु पर्दा जताततै सबैपक्ष  आम नेपालि  जनता कहिन कहि कतै न कतै बाट  पिडितै पिडित  छन्। 

यता देसका राजनीतिक पाटि नेता मन्त्री शासक नीति निर्माता हरु भने देसले ठूलो छलाङ मारेको छ भन्दै कहिले कुन दिवस कहिले कुन दिवस कहिले के वहानामा कहिले के वहानामा कुनै न कुनै वहानमा विदा लिने विदा दिने कि त सरकारि विदा कि त निजि विदा लिएर अझै त्यसले पनि नपुगेर निजि काम निजि प्रयोजनमा समेत सरकारि सेवा सुविधा र भत्ता लिदै सत्तामा रमाइ रहेका छने कमाइ रहेका छन् देस कता जादै छ नेपालि जनताको अवस्था हिजो कस्तो थियो ,आज कस्तो छ । नेपाली जनताको भबिष्य कता तिर जादै छ। हिजो सम्म सातपुस्ता सगै रहेर धर्म सस्कृति परम्पराको रक्षा गर्दै एकतामा बाधिएर पुस्तैनि विताएका नेपालि जनताहरु आज आएर दुइ पुस्तामै बिछोडिएर बाच्न विवस छन्। हिजो बुडा हजुर बालाइ चिन्ने नाति नातिनाले आज आएर आफ्नै बाउको अनुहार सग मिल्ने काका ठुलो बा फुपु दिदी लाई समेत नचिन्ने अवस्था आएको छ। देस कता जादैछ स्वय देस चलाउने हरु लाइ समेत  थाहै छैन कि जस्तो अवस्था छ।। नेपाली जनताको भबिष्य अन्यौलमा छ।। भारत भन्दा पहिले देखि नै  परशक्ति देखि स्वतन्त्र रहेको भनिएको देसले  आज  आएर यस्तो नियती भोगि रहेको छ।  भारतको कुनै शहरमा  अझै पनि  एकै परिवारका १८५ जना एउटै घरमा  अटाउन सकेका छन् । 

तर हाम्रो देसमा यस्तो छ वेरोजगार गरिबी  राज्यको गैर जिम्वारिपनले गर्दा एउटै घरका  पति पत्नि समेत  बिछोड हुनु परि रहेको छ।  उहि हिन्दिमा एउटा भनाइ नै छ मर्ता न क्या नहि कर्ता ठिक त्यस्तै नियति नेपालि जनताले भोगि रहनु परेको  छ ।। भन्ने बेलामा नेता भन्ने गर्छन् ,मन्त्रि हरु भाषण ठोक्ने गर्छन् । व्यवस्था मात्रै हैन अवस्था पनि परिवर्तन भएको छ।हामी हिजो  दमनमा थियौ बोल्ने लेख्ने  अधिकार थिएन आज हामि स्वतन्त्र छौ भन्ने गर्छन् तर देसको   अवस्था नेताहरुको जिवनशैली  र निती देख्दा र भोग्दा नेपालि जनताले भोग्नु परेको यो बिषम् परिस्थिति  दुर्गति देख्दा  आम नेपालि जनताले फेरि कतै पछाडि नै फर्किनु पर्ने त हैन भने झै गरि इतिहासतिर फर्कन खोजेको अवस्था देखिएको मात्रै हैन त्यस्ता सङ्केत हरु  जताततै विभिन्न रुप र स्वरुप लिएर देखिन थालेका छन्। त्यसैले यहा भन्नै पर्ने हुन्छ डाडा काडा गाउ बेसि पानि पखेरा रित्तिदै गएका मात्रै छैनन् पछिल्लो समयमा त देसकै ठुला ठुला शहर हरु समेत रित्तिदै जान थालेका छन्  यता सरकार देसको धुकुटि बलियो भएको घोषणा गरि रहेको छ । तर  देसमा अर्थतन्त्रले तहस नहस पारेको छ। उता ठुला ठुला व्यापारिहरुले यहाँ सम्म कि राज्य लाइ बुझाउने कर समेत नतिरि बिदेसि बैकमा अकुत सम्पति जम्मा गर्दै गइ रहेका  चरम् चर्चा चलि रहेका छन्।  

यता भने साना व्यपारि सर्वसाधारण जनताले समयमा रिण तिर्न नसकेर आफै बिच सडकमा  कि त जलेर मर्नु परेको छ। कि त  लिलामि हुनु परेको छ। ठुला ठुला व्यापारि हरुले  भने   सरकारलाइ कर तिर्न सकिन बैकलाइ ऋण तिर्न सकिन भन्दै उल्टै  रिट हालेर मुक्त भइ रहदा शासक हरुनै उनिहरु सगै झुक्नु परि रहेको छ।। यहासम्म कि नेपाली जनताबाट उठाएको कर राजस्व बाट देस विकासका नाममा लगाउनु पर्ने ठाउमा नेपाली जनताले शासक हरुलाइ नै  सेवा सुविधा सहित आजिवन पाल्नु परेकोछ। 

हिजो यहि परिवर्तनका लागि रगत बगाउने हरु आज आएर खाडि मुलुकमा गएर पसिना बगाउनु परिरहेको छ। त्यतिले मात्रै कहाँ हो र उल्टै त्यहि रेमिट्यान्स स्वदेसमा भित्र्याएर यिनै तिनै हिजो टाउकाको मुल्य तोक्ने टाउकाको मुल्य तोकिएका र गणतन्त्र भनेको के हो भन्ने  हरुलाइ मात्रै हैन गणतन्त्रका विरोधि राजतन्त्र लोकतन्त्रका हिमायति होउ भन्ने हरुलाइ नै पाल्न  बाध्य छन्। यहाँ सम्म कि नेपाली जनता यति अन्यौलमा छन् कि आफ्नो भबिय के हुने हो  देसमा भोलि के हुदैछ भन्ने कुरामा समेत अन्यौल ग्रस्त छन्।। त्यती मात्रै हैन उहीँ  रेलको पछाडि यात्रा गरेको  यात्रुलाइ रेल कता जादैछ कुन दिसातिर लाग्दैछ भन्नेकुरा थाहै नभए जस्तै यहाँ त रेल चलाउने लाई नै रेल कता जादैछ भन्ने कुरा तक थाहै नभए जस्तो अवस्था र नियति देसले भोगि रहेछ। किन भने स्वय देस हाक्ने  हरु लाइ नै थाहै छैन हामिले  देस कसरि हाकि रहेका छौ। देस हाक्ने शासकलाइ नै थाहै छैन, कहिले सम्म शासन सत्तामा रहेर  देस हाक्न पाउनेछु कसकोशक्तिमा तजविजमा देस हाकि रहेको छु भन्ने तक थाहा छैन  त्यसैले त यहाँ भन्नै पर्ने भएको छ। देस कता जादैछ।

प्रतिकृया दिनुहोस