कुनैपनि राष्ट्रमा भ्रष्टचार रहित शुशासन युक्त राज्य व्यवस्था सचालन वा कार्वन्वयन गर्नका लागि पहिला त सविधान बनाइन्छ। त्यहि सविधानमा टेकेर ऐन कानुन निति नियम तथा नियमावली बनाइन्छ। जसलाइ बनाइ सकेपछि कसैले पनि न त मेटाउन सक्छ । न त बङ्ग्याउन नै सक्छ । न त ऐन कानुनले निर्देसन गरेको विपरित जान नै पाउछ। किन भने कानुन भनेको राज्य सञ्चालनका लागि एउटा अदृस्य हतियार हो ।जसले गर्दा राज्य सञ्चालनमा वाधा अवरोध रहित ढङ्गले भ्रष्टाचार रहित शुशासनयुक्त समाज निर्माण गर्दै अगाडि बढ्न बल पुर्याउछ। कानुन भनेको नदेखिने धारयुक्त हतियार हो। फलामको साङ्लो हो ,जसले कानुन बनाउनेलाइ पनि यदि कानुन विपरित कुनै कार्य गरेमा काट्न सक्छ वा त्यो साङ्लोमा बाधिनु पर्ने अवस्था आउन सक्छ। फेरि कानुन भनेको तिर जस्तो हुन्छ कानुनको कहिले पनि बक्र रेखा हुदैन । कानुन कहिल्यै पनि सर्पको चालले चल्दैन अगाडि बढ्दैन कानुन जहिले पनि तिर जस्तो सिधै निस्कन्छ। त्यसैलाइ कानुन भनिन्छ। तर नेपालको कानुन त्यस्तो तिर जस्तो हुन नसकेको देखिन्छ। पछिल्ला केहि बर्ष यता नेपालको कानुन सर्पको चाल जस्तो गरि अगाडि बढिरहेको त छैन भन्ने कुराको अदृष्य सङ्केत देखिनुले गर्दा र देसमा भएका विभिन्न घटनाक्रमले गर्दा आम नेपालिजन शसङ्कित हुन थालेका छन् । त्यसैले त नेपाली जनताले सर्पको चाल नेपालको कानुन भन्न थालि सकेका छन्।
यहाँ कहिले अपराधि छुट्ने कहिले पानि वारावार गरेका राजनितिक दलकै नेताहरु अपराधिलाइ बचाउन वा उन्मुक्ति दिनकै लागि भएपनि एक जुट हुने खालका जुन राजनितिक घटनाक्रमले देखाएको छ। यसले कतै न्यायालमाथि राजनितिक प्रभाव परेको ता छैन भन्ने शङ्का उब्जिनुलाइ स्वभाविक ठान्नु पर्ने अवस्था देखिन थालेको छ।
कसैले चरम् भ्रष्टाचार गरेका कुरा आइ रहदा पनि जनताले हेर्दा हेर्दै छुट्ने कतै विपन्न निमुखाहरुले न्याय माग्न जादा समेत तिनलाई मात्रै हैन क्यामरा बोकेका हरुलाइ समेत चुट्ने, कतै महङ्गि भ्रष्टाचार गरेर विभिन्न स्वरुप धारण गरेका माफियाहरुले मनपरि जन जन लाइ मात्रै कहा होर सिङ्गो राज्यलाइ नै लुट्ने काम भइ रहदा पनि देस बनाउछौ देसमा आमूल परिवरतन ल्याउछौ भनेर आएका दल र नेताहरु समेत चुपचाप बस्ने भएपछि लाखौ जनताको जनजिभ्रो बाट के देसले फड्को मार्ला र के सुखि नेपालि सम्वृद्द नेपाल बन्ला र के यि दल हरुले देस र जनहित पक्षधर काम गर्लान् त । यि र यस्ता हजारौ प्रस्न शासक हरु तर्फ तेर्सिन थालेका छन्। देसमा यतिबेला न त सरकार न त प्रतिपक्ष न त न्यायालय न त नागरिक समाज न त मानवधिकार कहि कतै पनि नेपाली जनताको नजरमा सबै निकाय निकम्मा सावित भएका छन्। एउटै अपराध जस्तो लाग्ने उस्तै उस्तै लाग्ने अभियोगमा समेत कोहि कसैका लागि यसो सर्पको चाल जस्तो कानुन अघि बढेको देखिने गरि लक्ष्मिकै जमानिमा छुट्ने कहि कुसैका लागि भने कानुन भनेको धनुषको तिर हो जस्तो गरि कानुन अगाडि बढेको देखिने गरि लक्ष्मि को जमानिको कुनै अर्थै नभए जस्तो गरि थुनिनु पर्ने भएपछि कसरि देसमा भ्रष्टचार रहित शुशासनयुक्त समाज निर्माण हुन सक्छ। शासक हरुप्रति रुष्टयुक्त नेपालि जनताको प्रस्न यहिनेर छ।
त्यसैले भन्नु पर्छ यहाँ भन्ने बेलामा भनिन्छ।कानुन भनेको एक प्रकारको अदृस्य धार भएको हतियार हो। कानुनमा कहिल्यै सर्पको चाल हुदैन।कानुनको बक्र रेखा पनि हुदैन। कानुन भनेेको स्टिल रडजस्तो हो कुनै शक्ति सग पनि झुक्दै नझुक्ने महा शक्ती हो। कानुन कुनै कर्कलाको डाठ जस्तो हैन कानुन भनेको पोखरिको बिचमा भएको मौला जस्तो हो। कानुन भनेको धनुष बाट निस्केको ( बाण) तिर जस्तो हो हुनुपर्छ। जुन पसेपछि गोलि जस्तो गरि त्यहि बाटो फर्किदैन । कानुनले कहिल्यै पनि सानो ठुलो, धनि गरिव ,बलियो कमजोर , पाटि ,नेता शक्तिशालि शक्तिहिन , भन्दैन भन्नु पनि हुदैन । कानुनका कान हुन्छन् आँखा हुदैनन्। त्यसैले त हरेक न्यायालयमा हातमा तराजु लिएको आखामा कालो पट्टि बाधेको एउटा सेतो प्रतिमुर्ति राखिएको हुन्छ । जसले कालो कोट लाइ पलपल खवरदारि गरि रहेको हुन्छ। निशब्द आवाज विहिन सन्देस सहित भनि रहेको हुन्छ खवरदार कानुन कुनै बजारमा पाइने सस्तो नुन जस्तो हैन।
तर पनि यति हुदा हुदै पनि कतै बजारमा सस्तोमा पाइने नुन भन्दा पनि महङ्गोमा कानुन बिक्रि भै रहेको ता छैन भन्ने कुरा आम नेपालि लाइ लाई रहेको छ। कतै चोक गल्लि गल्लिमा ठुला ठुला होटल रिसोर्टमा कानुनको व्यापार हुन थालेको ता हैन भन्ने अदृस्य सङ्केत हरु देखा पर्न थालेका छन।। त्यसैले त आम नेपालि जनता पनि कानुन र न्याय माथि शसङ्कित हुन थालेका छन् । जसले गर्दा पछिल्लो समयमा नेपालि जनताको न्याय माथि रहेको बर्षौ देखिको विश्वासको ( दिवार) पर्खाल भत्किने त हैन भन्ने खतरा देखिन थालेको छ।
किन भने यहाँ अपराधि जस्तो नदेखिने कोट टाइ लगाएका बिशिस्ट व्यक्तित्व भनिने अलि बढि शक्ति र पौच भएका हरु कुनै आरोप लागेर यसो प्रहरी कस्टडिमा पुग्ने वित्तिकै उनलाइ ज्वरो आइहाल्ने अस्वस्थ्य भइ हाल्ने डक्टरले समेत भर्ना गर्नु पर्ने सिफारिस गर्न बाध्य हुनु पर्ने तर सर्वसाधारण विपन्न जनता भने यसो कुनै आरोप लागेर कस्टडिमा परेर यसो साच्चिकै बिमार भएभने एउटा सिटामोलको पत्ता हातमा थमाएर सममान्य ज्वरो भएको प्रमाणित सिफारिस गरिदिनु पर्ने ज्वलन्त उदाहरणिय अवस्था देखिनु र सगै पक्राउपुर्जि जारि भएका कोहि पक्राउ परेर जेल जाने कोहि ले उन्मुक्ती पाउने कसैले जतिसुकै भ्रष्टचार गरेको भएपनि राज्यकै सम्पती हिनाविना गरेको वा बेचविखन गरेको भएपनि उन्मुक्ति पाउने उस्तै उस्तै एउटै केस एउटै प्रकृतिका भ्रष्टाचार हिनाविनाका मुद्दनमा पनि कसैलाई उनमुक्ति दिइनु र कसैलाई बन्दी बनाइनुले र कहिले कहि कहि कतै वेला बखत नेपाली जनताकै मनै पोल्ने खालका न्यायिक र राजनितिक घटनाक्रमले गर्दा अब आम नेपालिले हिजो गाउने गरेको
हटि हैन डटि लड्ने
नेपालिको बानि हुन्छ
कहिल्यै नझुक्ने शिर उभिएको
स्वाभिमानि नेपालि हुन्छ ।
भन्ने गित लाइ बिर्सदै र बिर्साउदै
सयौ थुङ्गा फुलका हामी
एउटै माला नेपालि
भन्नु भन्दा पनि
यस्तै छ यहाको चलन
मौनताले नै आगो निभाउ
जति मनमा भएनि जलन
भन्ने गित गुन गुनाउदै हिड्नु पर्ने अवस्था भने नआएको हैन।
त्यसैले अब भन्नै पर्ने हुन्छ।
कानुनले कहिल्यै बक्र रेखा नबनाओस्। कानुनको चाल सर्पको जस्तो नहोस् ।
कानुन सदा नदेखिने तरवारको धार बनोस् । कानुन धनुष बाट निस्केको ( वाण ) तिर जस्तो बनोस्।
यस्ता गित गुन गुनाउनु नपरोस् ।
नेपालि जन जनको मन मनमा
न्याय सदा जिवित रहोस्।
न्याय कहिल्यै नमरोस्।