
बिश्व मोटोपना दिवस २०२४ को अवसरमा सोमबार एकदिने मोटोपना सचेतना सम्बन्धि अन्तरक्रिया कार्यक्रम न्युरोडस्थित सिटि स्क्वायरमा सम्पन्न भएको छ।
बिध्याज डाईट एण्ड फिटनेस सेन्टर नया बजारले आयोजना गरेको उक्त कार्यक्रमा प्यानलिस्टको रुपमा डाक्टर बसन्त ताम्राकार ,डा.सुभाष भट्टराई ,डा.खडक सिन्ह गुरुङ र डाईटिसियन श्रीबिध्या आर सहभागी भएको सो कार्यक्रमको मध्यस्थकता नम्रता थापा पौडेलले गर्नु भएको थियो।
बरिस्ठ कलाकार क्षेत्रलाल कायस्थको सभापतित्वमा संचालन भएको सो कार्यक्रममा सेन्टरका अध्यक्ष सरोज कायस्थले शुभकामना मन्तव्य दिएको उक्त कार्यक्रमको संचालन पलिना श्रेष्ठले गरेको थियो ।कार्यक्रममा विभिन्न संघ सस्थाका गरि करिव २ सय सहभागी थिए।
प्रतिकृया दिनुहोस
