Sunday, March 23News That Matters

वेसहारा सर्वहाराका नाममा गर्ने राजनीति कमाउने सम्पति

यो समाचार शेयर गर्नुहोस्

मानव जगतमा  यो समाजमा  धनी  सम्पन्न गरिव विपन्न  वेसहारा सर्वहारा कर्महारा  विद्वान मुर्ख  शिक्षित अशिक्षित सबैथरि हुन्छन् नै, मानिस जन्मिएपछि हैसियत क्षमता बुद्दि विवेक स्वभाव  र अवस्था अनुसार  केहि न केहि बन्छ र केहि न केहि अवस्य गर्छ। । कसैले पेशा  व्यापार व्यवशाय कृषि  गर्छ कसैले  जागिर गर्छ।कसैले सेवाधर्म परोपकार कार्य गर्छ। कसैले राजनिती गर्छ। यि सबै कार्य मध्ये सबैभन्दा उत्तम राजनितिलाइ मानिन्छ। किन भने राजनिति भनेको कुनै एक व्यक्ति बिशेषका लागि मात्रै नभएर सिङ्गो समाज र राष्ट्रका लागि गरिने कार्य हो जसले सिङ्गो मुलुक र मानवजगतकै रक्षा र कल्याण गर्छ राष्ट्रको रक्षा गर्छ राज्य व्यवस्था सञ्चालन गर्छ ।जसले गर्दा राजनितिलाइ महत्वपुर्ण नितिको रुपमा हाम्रो समाजले लिदै आएको थियो। राजनिती गर्नेलाइ राजनितिज्ञको रुपमा हेर्दै र  आदर सन्मान गर्दै आएको थियो।

किन भने राजनिति नै सिङ्गो राष्ट्र र त्यो राय्ट्रका जनताको भबिष्य  निर्धारण गर्न सक्ने नीति हो।भन्ने मान्यता सबैमा  थियो।   त्यसैले त मानव जगतकै लागि उत्तम नीति भनेकै  सबैभन्दा उत्तम राजनिती नै ह‍ो।

राजनिती भनेको समग्र राष्ट्र र जनताका लागि गरिने कल्याणकारी निति हो तर हामि कहा केही दसक यता राजनिती भनेको सम्पति कमाउने नीति याने स्व अर्थोपार्जन गर्ने  निति हो कि जस्तो देखिन थालेको छ। किनभने नेपालकै इतिहासमा आजसम्मको अवस्था लाइ हेर्दा र भोग्दै गर्दा सबैभन्दा पहिला राजनिति गर्नेहरुले दुखि गरिव विपन्न वेसहारा र  सर्वहारा वर्ग र समुदायलाइ राजनितिक यात्राको साधन याने माध्यम बननउदै राजनिति गर्ने गरेको पाइन्छ। जसमा वेसहारा सर्वहारा वर्गका नाममा उनका हक अधिकारका नाममा न्याय अन्यायका नाममा राजनितिक यात्राको प्रारम्भ गरेको देखिन्छ। उनै वर्गको नाममा बिभिन्न खाले नारा हरु बनाइन्छ। उनकै अधिकारका लागि लड्ने हो भन्दै उनिहरुकै बिचमा उनिहरुकै लागि जिवन हो भनेझै गरि बिभिन्न आसा भरोसा र प्रलोभन देखाउदै आफ्ना अघिपछि लाग्ने समर्थक बनाइन्छ  र बिभिन्न बहानामा हक अधिकारका लागि लड्नु पर्छ भन्दै तिनै लाइ वलिको बोको बनाइन्छ। 

अनि आफु नेतृत्वकर्ता बनेर उनका लागि लड्दै आएको नाटक मञ्चन गर्दै ठुला ठुला भाषण छाट्दै सुनौला सपना हरु देखाइन्छ अनि शासन सत्तामा पुग्ने भर्याङको रुपमा तिनै वर्ग हरुलाई प्रयोग गरिन्छ र सत्तामा पुगिन्छ। पटक पटकका आन्दोलन र सघर्षमा उनैलाइ हतिया, बनाउदै फेरि केहि चाकडि चाप्लुसिमा पोख्त मतियार बनाइन्छ र सत्तामा पुगिन्छ। अनि सत्तामा पुगेपछि ति सबैकुरा बिर्सदै ती वेसहारा सर्वहारा हरु सगै बसेर गरेका प्रतिवद्दता बाडेका सपना उठाएका नारा र तिनका समस्याहरु बिर्सदै जाने र सुख सयलमा रमाउदै उच्चकोटि वर्गमा आफुलाइ समाहित गर्दै जिवनशैलि नै परिवर्त गरिन्छ र पुजिपति वर्गमा आफुलाइ समाहित गर्दै  नया जिवन लिएझै गरि  सातपुस्तालाइ नै हुने गरि भ‍ोलि मर्नु पर्दैन झै गरि दलाल माफिया तस्कर भ्रष्ट हरुसगै घाटि जोडेर अकुत सम्पति कमाउनु नै आफ्नो मुल उदेस्यका लागि गरेको राजनित हो जस्तो गरिन्छ। त्यस्तो राजनितिलाइ राजनिती भनिदैन त्यस्तो राजनिति लाइ वेसहारा सर्वहाराका नाममा सम्पति कमाउने दलाल  निती भनिन्छ।

नेपालमा आजसम्म हो यस्तै राजनितिको अतिक्रमणको चपेटामा पर्दै आम नेपालिहरु  यस्तै सक्रमित राजनितिको शिकार हुन बाध्य भएका छन्। नेताहरु कहिले व्यवस्था परिवर्तन त कहिले अवस्था परिवर्तनका ठुला ठुला घोषणा मात्रै  हैन सुखि नेपालि सम्वृद्द नेपाल भनेर देस दौडाहा गरि रहदा  सत्तामा पुग्नकै लागि विभिन्न बन्धन र बहुरुपि एकताका नाममा  राजधानिमा बसेर र्याल चुहाइ रहदा नेपाली जनता कतै जलि रहेका थिए । कतै झुण्डिइ रहेका थिए ।कतै हाम फालि रहेका थिए। कतै विष सेवन गरेर सदाका लनगि निदाइ  रहेका थिए ।कति रातारात मुङ्लान पसि रहेका थिए। कति बिदेस जानकै लागि भनेर सर्वत्र जताततै भोकभोकै लाइनै लाईन लागेर उमि रहेका थिए। तर उनै नेताका मतियार र कतिपय नेताहरु ठेक्का पट्टा टेण्डर र न्याय लाई समेत खुला बजारमा लिलामि गर्नका लागि ठुला ठुला आलिसान महल र होटलहरुमा दलाल भ्रष्ट र तस्करहरु सग पौठेजोरि गर्दै कुममा कुम मिलाउदै अङ्ग्रेजि हुस्किको चुस्कि लिदै गरेका थिए। हो केही दसक यता नेपालको राजनिती यहि प्रकृतिको देखिएकोछ।  हिजो चप्पल पड्काएर शहर पस्ने हरु पेसा व्यापार व्यवशाय केहि नगर्ने मात्रै जिभ्रो चलाउने हरु रातारात चिल्ला गाडि र महलका मालिक बन्नुलाइ यहि प्रकृतिको राजनिति मान्न सकिन्छ। त्यसैले त नेपाल राजनिति गर्नेहरुका लागि अत्यन्तै फसल दिने खेति बन्दै आएको छ।  त्यसैले भन्नै पर्ने हुन्छ। जबसम्म वेसहारा र सर्वहाराका नाममा राजनीति गर्नेहरुले सम्पति कमाउने  होडवाजिको दलाल नीति बनाइ रहनेछन् यसप्रकारको यहि प्रकृति र प्रवृतिको राजनिति गरि रहनेछन।।तब सम्म नेपाली जनताले  विगत देखि भोग्दै र वर्तमानमा जे जुन अवस्था  भोगि रहेका छन्। यहि नियति  भबिष्यमा पनि  भोगि रहनु पर्नेछ।  भोग्दै जानु पर्नेछ।

प्रतिकृया दिनुहोस