Friday, March 28News That Matters

स्थापना दिवसको अवसरमा मेयर आचार्य द्वारा शिलान्यास

यो समाचार शेयर गर्नुहोस्

पोखरा महानगरपालिकाको सातौँ स्थापना दिवसका अवसरमा मेयर धनराज आचार्यले पोखराका विभिन्न ठाउमा भवन तथा पुल निर्माणका लागि शिलान्यास आरम्भ गर्नु भएको छ।


यसरी शिलान्यास गर्नेक्रममा मेयर आचार्य द्वारा खुइते खोला (घट्टे खोला) पुलको शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका वडा नं.१९ को लामाचौर माछापुच्छ्रे सडक खण्डमा पर्ने खुइते खोला (घट्टे खोला) मोटरेवल पुलको नगर प्रमुख धनराज आचार्यले शिलान्यास गर्नुभएको हो ।

रु.२ करोड ८२ लाख ९७ हजार १३१ को लागतमा निर्माण सम्पन्न हुने पुल ८ दशमलव ४ मिटर चौडा र १६ मिटर लम्बाइको हुनेछ । पुलको दुवै तर्फ १.२ मिटरको फुटट्रयाक पनि हुनेछ । सिङ्गल स्पानको डवल लेन पुल निर्माणको काम २०८१ को कात्तिक भित्र सम्पन्न हुनेछ । पुलको उचाइ जमिन बाट ११ मिटर अग्लो हुनेछ ।

खुइतेखोलामा निमार्ण हुने पुलले पोखरा महानगरपालिकाको माथिल्लो क्षेत्र र माछापुच्छ्रे गाउँपालिकालाई दिर्घकालिनमा रूपमा जोड्ने विश्वास गरिएको छ । त्यस क्षेत्रको कृषि उपजहरूको बजारीकरण र पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरूमा यसको योगदान उल्लेखनीय हुनेछ । यसो त कुनै पनि ठाउको विकास गर्नका लागि पहिलो प्रयास भनेकै सडक पुल निर्माण गर्नु हो। यसरी फराकिला सडक र पक्कि पुल बन्दै जाने हो भने पोखरा आफैमा पर्यटक कृषि बजार बन्ने सम्भावना बढ्नेछ।

प्रतिकृया दिनुहोस