पोखरा, फागुन २६



समाजमा जब कुनै घरमा छोरिले जन्म लिन्छन् तब पितृसत्तात्मक सोच भएका र छोरी जन्मिएकोमा नाक खुम्च्याउने हरुका लागि एउटा गतिलो झापड बनेकि छन् पोखराकि रञ्जना ,
हाम्रो समाजमा जो कोहिले पनि भन्ने गर्छौ । छोरा हुन् वा छोरी, बुबाआमाका लागि दुबै कलेजोका टुक्रा हुन् । हरेक आमा बुबाका लागि आफ्ना सन्तान मुटुकै धड्कन कलेजजो कै टुक्रा जस्ता लाग्छन्। जसलाई हुर्काउन धनी गरिव जस्तो अवस्था भएको भए पनि आमाबुबाले सारा दुःख बिर्सिन्छन् ।


तर छोराछोरी ठूला भएपछि बाबा आमाले हामीलाई कसरी कतिमाया दिएर हाम्रालागि कति दुख गरेर हामिलाइ हुर्काए भन्ने कुरा बिर्सन्छन्।भन्ने कुरा यो समाजमा जहातहि देख्न पाइन्छ ।
त्यसैले होला बुढापाकाले १२ छोरा १८ नाति बुढाको थैलो काधैमाथि भन्ने गर्छन्।
तर यहि समाजमा यस्ता पनि छोराछोरी छन् जसले आफ्ना मातापिताका लागि जणयानैदिन पनि तयार हुन्छन् । हो त्यस्तै सिङ्गो समाजकालागि उदाहरणकि पात्र बनेकि छन् ,
पोखरा महानगरपालिका वडा नम्बर–३० पावरहाउसकी रञ्जना
जसले आफुलाइ जन्मदिएर हुर्काएर पालन पोषण शिक्षादिक्षा दिएर समाजमा सामाजिक बन्न सिकाए तिनै बुबा लाई खुसि खुसि आफ्नै कलेजो दिएर बुबालाई नया जीवन दिएकी छन् ।
विगत ५ वर्षदेखि कलेजो बिग्रिएर थलिएका आफ्नै बुबा पोखरा–३० खुदीका वासुदेव लामिछानेलाई कलेजो प्रदान गरी नया जीवन दिएर सिङ्गो समाजमै उदाहरणीय छोरी बनेकी छन् ।
६४ वर्षिय लामिछाने कलेजो बिग्रिएर लामो समय थलिएर बसेका थिए । चिकित्सकले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपछि कलेजोको खोजीमा लागेका उनलाई परिवारका अन्य सदस्यको रक्त समूह नमिलेपछि निरास परिवारमा तब सिङ्गो परिवारमै खुसि छायो एउटा आसा पलायो। ।
जब लामिछानेको रक्त समूह छोरी रञ्जनाको रक्त समूहसँग मिल्यो । त्यसपछि रञ्जनाले बुबालाई आफूले कलेजो दिने निर्णय सुनाईन् । तब त्यो परिवारमा नसोचेको खुसि छायो ।
रञ्जना बुबालाइ आफ्नो कलेजो दिन तयार भएपछि लामिछानेको गत आईतबार भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपण गरिएको छ । दुबैको स्वास्थ्य अहिले सामान्य रहेको छोरा सुशील लामिछानेले दिएको जानकारी अनुसार दिदी रञ्जनाको अबको एक सातामा डिस्चार्ज हुँदैछ भने बुबा वासुदेवको दुई साता पछि डिस्चार्ज हुनेछ।
परिवारका अन्य सदस्यसँग रक्त समूहसँग बुबाको रक्त समूह नमिलेपछि हामी निराश थियौं, लामिछानेका छोरा सुशीलले धन्न दिदी रञ्जनासँग रक्त समूह मिल्न गयो बुबबा र दिदिको रक्त समूह ओ–पोजिटिभ भएको र दिदीले कलेजो म दिन्छु भनेपछि बुबाले नया जिवन पाउनु भएको छ उनले भने
बुबालाई कलेजो दान गरेर जीवन बचाउन पाएकोमा रञ्जना खुशीले गद्गद् भएको वताएकि छन् । बुबालाई नचोचेको बिमार भएर हामी दिनरात छटपटाइ रहेको अवस्थामा यसरी मेरो रगत ग्रुप मिलेकोमा फेरि मलाई यो धरतिमा जन्माउने बुबालाइ आफ्नो शरिको कलेजो दिएर पुनर्जिवन दिन पाउँदा मेरा लागि यो भन्दा खुसिको क्षण अरु हुनै नसक्ने बताउदै आफू अत्यन्तै भाग्यमानी छोरी भएको वताउदै ,आफुले एउटि छोरिले बुबाका लागि गर्नु पर्ने केवल कर्तव्य मात्र पूरा गरेको वताइन्। ।
पावर हाउसमा व्यवशाय सञ्चालन गर्दै आएकि उद्दमि महिला रञ्जना लेखनाथ उद्योग वाणिज्य संघकी पूर्व कार्यकारिणी सदस्य हुन् ।





















