देसले कोल्टे फेर्यौ भनेर पटक पटक हौसिएका खुसि भएका नेपालि जनता पछिल्ला केहि दसक यता नैराश्यतापुर्ण जिवन विताउन बाध्य हुदै गए। ४६ पछि देसमा प्रत्यक्ष रुपमा दलिय प्रभावको लहरनै चल्न थाल्यो काङ्ग्रेसले लामो समय सत्ताको डाडु पन्यु चलाउदै गयो। छोटो समय एमालेले चलायो एमाले सरकार पनि आन्तरिक खिचातानिकै कारण खासै सत्तामा टिकि रहन सकेन । काङ्ग्रेसका लागि कुचाले गर्नु वतासले गर्यो भनेजस्तो हुदै जान थाल्यो। जसलेगर्दा काङ्ग्रेस मै मत्ता हात्तिजस्तो गरि देसैभरका उध्योग धन्दा कलकारखाना शुन्य देस बनाउनमा सफल भयो। किन भने जुन शक्तिलाइ नेपाल उध्योग धन्दा कलकारखाना विहिन बनाउनु थियो। त्यो शक्ति सफल भएरै छाड्यो ।जसले गर्दा देस दिनप्रतिदिन गरिबी वेरोजजगारको दलदलमा फस्दैजान थाल्यो तत्कालीन प्रतिपक्षको भुमिका निर्वाह गर्ने एमाले पनि खासै कम्युनिष्ट हुन सकेन ।
ससदिय जालझेल र गणितिय खेलमा फस्दै जान थाल्यो ।जसले गर्दा देस बनाउनेहरुको भन्दा पनि साम दाम दण्ड भेद जसरि भएपनि भ्रष्टाचार गरेर वा गर्न दिएर भएपनि सत्ताप्राप्तिको खेल खेल्न थाल्यो। तब काङ्ग्रेस एमाले पाटि भन्दा पनि भाइ भाइ जस्तै उस्तै दुरुस्तै देखिन थाले ।
जसले गर्दा आम नेपालि जनता दुवै दलमा देखिएको भ्रष्टचारको खेलोमेलोकै कारण विकल्पको खोजिमा लागि रहदा देसैभर जनयुद्दको विगुल फुक्दै प्रचण्ड बाबुराम माओवादिको झण्डा बोक्दै अगाडि बढ्दै जङ्गल यात्रा गर्न थाले । फलस्वरूप नेपाली जनताले तत्कालिन अवस्थामा माओवादिलाइ खोज्न र रोज्न थाले जसले गर्दा देसै माओवादिमय भए जस्तो देखिन थाल्यो कारण एउटै थियो माओवादिले भ्रष्टचारिलाइ कारवाहि गर्ने भ्रष्टचार अन्त्य गर्ने नेपालि जनताका हक अधिकार सुनिस्चित गर्ने मुलनारा लिएर आएको थियो । तर माओवादिपनि वास्तविक कम्युनिस्ट बन्न सकेन। पुरानै लोकपृयतामा लिएर टिकि रहन सकेन कारण एउटै थियोे गणतन्त्रको नाममा ससदिय गणितीय खेलमा जब प्रवेस गर्यो तब उसले पनि भ्रष्टाचार लाई नै सफलताको आधार बनाउदै दिनप्रतिदिन इमानदारिता बाट स्खलित हुदै जान थाल्यो ।। जसलेगर्दा काङग्रेस एमाले माओवादी नेपाली जनताको नजरमा उस्तै उस्तै दुरुस्तै लाग्न थाले। तब देसमा नया शक्तिको खोजि हुा थाल्यो र स्वतन्त्रका नाममा केहि शक्तिहरुको उदय भयो ती शक्तिपनि पालैपालो त्यहि भ्रष्टचारको जालोमा जेलिदै जान थाले। उनिहरुपनि कुनै कुनै वहानामा सत्ताको सिरक ओढ्न लालयित देखिन थाले सत्तागठवन्धनको चन्दन लेपन गरेरै भएपनि सत्ताप्राप्तिमा लाग्न थाले। जसको कारणले गर्दा देसै भ्रष्टाचार मय बन्दै जान थाल्यो ।
त्यहि भ्रष्टचारको जालो तोड्न तेस्रो दल भनिएको माओवादि पाटि बाट आएका प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचारको जालो तोड्न शुरु गर्यो तर त्यसले पनि खासै स्वरुप लिन नसकेको अवस्थामा माओवादीले गठवन्धन तोड्यो, काङ्ग्रेस लाई छोड्यो , दाइ कम्युनिष्ट एमालेलाई नवगठवन्धनको नाममा सत्तामै जोड्यो। त्यसपछि घण्टि पाटि रास्वपा ले गृह शिक्षा लिए लगत्तै जसरि सत्तापक्षकै नेता पुर्व सभामुख महरा लाइ समातियो त्यसै गरि अब सबका सबलाइ लाइनै लगाएर पक्राउ गरियोस्। ।बर्षौ देखिको भ्रष्टाचारै भ्रष्टाचारको जालो तोडियोस् कसैलाई न छोडियोस्। प्रधानमन्त्रिकै शाहसमा आस मिलाउदै चाहे त्यो सत्ता पक्ष होस्, चाहे त्यो प्रतिपक्ष वा जोसुकै होस्। नेता होस्, कि नाता परोस्।। मन्त्री होस् कि , पुजारी होस्, कि,व्यापारी होस् । रुखमुनि बसेको होस् वा रुखमाथि बसेको होस्। घामतापि बसेको होस् वा घरमा होस्। या महलमा बसेको होस्। हसिया होस्, वा हथौडा समातेको होस्, माओ होस् ,या ताओ होस् । सुर्यमा जल चढाउदै गर्ने होस। सुनमा पानि छर्कदै गर्ने होस् । अब कसैलाई पनि छाड्नु हसदैन । दोषि नउम्कियोस्।निर्दोषि नफसोस्। न्यालयले पनि सोचोस्। नेपाली जनतालाइ पनि लागोस् कि नवगठवन्धन सरकारले अब बर्षौ देखिको भ्रष्टचारको जालो तोड्यो तोड्यो, नेपालि जनताले भन्नू नपरोस् सरकारले फलाना ढिस्कानालाइ पैसा पौच र शक्ती तथा पाटिकै बलमा छोड्यो। अब नेपालि जनताले भन्न पाउनु पर्यो , सुन्न पाउनु पर्यो, हरेकदिन नेपाली जनताले भन्न पाउने अवस्था सृजना होस्। तोडिदै भ्रष्टचारको जालो, सरकारले राम्रो काम थाल्यो, अब कस कसको पालो।
