पोखरा / बुधबार
पोखरा वडा नम्बर ६ लेकसाइड डिहिँको पाटनमा रहेको रेन्वो चिल्ड्रेन होम्समा रहेका आश्रित २८ बालबालिका हरुलाई सिजी ग्रुप अन्तरर्गतको सिजी फाउण्डेसनले खाद्यान्न सहयोग गरेको छ ।

मंगलबार होम्समा एक कार्यक्रमको आयोजना गरि फाउण्डेसनले ९ बोरा चामल,१ कार्टुन तेल,१बोरा दाल,५ पोका नुन र ५ कार्टुन चाउचाउ सहयोग गरेको छ । सहयोग सिजीको गण्डकी प्रदेश कार्यलय अन्तरर्गत गरिएको हो।
उक्त सहयोग सिजी ब्रुअरीका सिनियर म्यानेजर गोपाल पुरीले सस्थाका संरक्षक तथा फाउण्डर गोमा ढकाललाई हस्तान्तरण गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै म्यानेजर पुरीले सस्थाको सामजिक उत्तरदायित्व अन्तर्गत रहेर सहयोग गरिएको बताउदै वहाले सस्थाको तर्फबाट चिल्ड्रेन होम्सलाई यसरी सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
फाउण्डर ढकालले कोरोना अगाडि सस्था चलाउन सहज भएता पनि अहिलेको अवस्थामा भने केहि जटिल रहेको जनाउदै सँस्था चलाउन कहिलेकाही गाह्रो अवस्था आए पनि दाताहरुकै उपलब्ध सहयोग बाटै धेरै बालबालिकाको भविष्य निर्माण गर्न सफल भएको उल्लेख गर्नु भयो ।
कार्यक्रममा नबिल बैंकका गण्डकी प्रदेश प्रमुख हरि ढकाल, सिजी फुड्सबाट सुनिल सुवेदी, सिजी वेभरेजबाट सुमन पोखरेल, सिजी डिजिटलबाट सुमन घिसिङ, सिजी नेटबाट दीपेस सिग्देल, अजोड इन्स्योरेन्सबाट रेनुका छडकुली लगायतको उपस्थिति थियो ।
६२ सालमा स्थापित फाउण्डेशनमा हाल सबै गरेर ५० जना बालबालिका आश्रित रहेका छन् ।
