Wednesday, March 26News That Matters

एकैदिन १४१ डिएसपिको सरुवा डिएसपि वि.क तनहु ,शर्मा कास्की

यो समाचार शेयर गर्नुहोस्

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकको सरुवा भएको छ । 

प्रहरी नायव उपरीक्षक विकको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, तनहुँमा सरुवा भएको हो । 

जिल्ला प्रहरी कार्यालय कास्कीको प्रवक्ता समेत रहेका विकसहित १ सय ४१ जना प्रहरी नायव उपरीक्षकको प्रहरी प्रधान कार्यालयले बुधबार सरुवा गरेको हो । 

प्रहरी नायव उपरीक्षक विकको सरुवा भएपछि कास्कीमा बसन्त कुमार शर्मा आउने भएका छन् । कर्णाली प्रहरी प्रहरी कार्यालय गम्भिर अपराध अनुसन्धान शाखा विरेन्द्रनगर सुर्खेतमा कार्यरत शर्माको जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएको हो । 

प्रहरी महानिरीक्षकको चैत ०७ गतेको निर्णयअनुसार मिति २०८० साल चैत्र महिना देखिको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी प्रहरी नायव उपरीक्षकहरूलाई सरुवा गरिएको छ ।

प्रतिकृया दिनुहोस