Saturday, November 8News That Matters

क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन दमौलीमा

यो समाचार शेयर गर्नुहोस्

शोमवार १९/
पोखरा /क्षत्री समाज नेपालको चौंथो केन्द्रीय महाधिवेशन यहि चैत २५ र २६ गते तनहुँको दमौलीमा हुने भएको छ ।

महाधिवेशन सम्वन्धमा क्षत्री समाज नेपालले सोमवार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी गराएको होे ।

महाधिवेशन लागि वर्तमान केन्द्रीय कार्यसमिति आयोजक समिति रहने गरि स्थानीय आयोजक व्यवस्थापनका लागि तनहूँ जिल्ला समिति मातहत विभिन्न उप–समितिहरु गठन गरिएको महासचिव केशबहादुर केसीले पत्रकार सम्मेलनमा बताउनु भयो ।

महाधिवेशनको पहिलो दिन दमौली बजारमा सारुन नाच, सांस्कृतिक प्रस्तुती सहितको र्याली निकालिनुका साथै दमौलीको खुल्ला मैदानमा उद्घाटन शत्र, बन्द शत्र र नेतृत्व परिवर्तनका लागि निर्वाचन कार्यक्रम गरिने केसीले बताउनु ।

‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका लागि क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल मन्त्रसहित वि.सं. २०५३ देखि आम खस क्षत्रीहरुको साझा संस्थाको रुपमा क्षत्री समाज नेपाल निरन्तर सकृय रहँदै आएको क्षेत्री समाजका अध्यक्ष प्रा.डा.दीलबहादुर क्षेत्रीले वताउनु भयो ।

‘हामीलाई जातीय सद्भाव चाहिएको छ, जाति जाति छुट्टाएर बनेको समाज हामी स्विकार नगर्ने वताउदै क्षत्रि समाज सधैं राष्ट्रिय अखण्डताको पक्षमा सदा प्रतिवद्ध रहेको बारे स्पष्ट पार्नु भयो । वहाले आरक्षण जातीयताको आधारमा नभई वर्गीयताको आधारमा हुनुपर्ने आफ्नो माग रहेको जानकारी गराउनु भयो ।

उपाध्यक्ष कृष्ण थापाले विविध विषयमा जानकारी गराउदै महाधिवेशनको बारेमा आम सञ्चार माध्यमबाट प्रसारण र प्रकाशन गरिदिनका लागि आग्रह गर्नु भयो

क्षत्री समाज नेपालले स्थापनादेखि पोखरामा केन्द्रीय कार्यालय रही देशभर समाजको समितिहरु निर्माण अन्तर्गत केन्द्र, विभिन्न समाजहरु प्रदेश, जिल्ला, नगर, गाउँ र वडास्तरसम्म समाजको गतिविधिलाई अगाडि बढाइरहेको बारे पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिकृया दिनुहोस