चैत्र १७ शनिबार पोखरा /
चैत्र २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

विष्णुपादुका क्लव द्वारा आयोजित महोत्सवको बारेमा शनिवार आज पत्रकार सम्मेलनको आयोजना गरी आयोजक विष्णु पादुका क्लवले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो ।
पत्रकार सम्मेलनमा क्लवका अध्यक्ष समेत रहनु भएका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख गर्दै सबै मिली महोत्सव सफल बनाउनुपर्ने बताउदै , महोत्सवलाई कृषि, पयर्टन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको स्पष्ट पार्नु भयो ।

क्लव सचिव समेत रहनु भएका मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले विशुद्ध हेम्जावासीको महोत्सवका रुपमा राष्ट्रिय हेम्जा आलु महोत्सवलाई चिनाउँदै महोत्सव सग हेम्जाको पहिचान जोडिएको बताउनु भयो । वहाले यस वर्षको महोत्सव मार्फत बचत हुन आउने रकमबाट क्लवको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको स्पष्ट पार्दै हेम्जालाई देश विदेशमा चिनाउन आलु महोत्सवको महत्त्वपूर्ण भूमिका रहेको वताउनु भयो।
पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिन सुझाव दिर्दै आलु महोत्सव किसानको महोत्सव हुनुपर्ने बताउदै।वहाले उन्नत विउ लगाए नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने स्पष्ट पार्दै आलुको उत्पादनमा ध्यान दिन आयोजकलाई सुझाउनु भयो ।
सोही अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरीता तिमिल्सीना पंगेनी, कृषि ज्ञान केन्द्र कास्की प्रमुख किरण सिग्देल, क्लवका सदस्य सन्तोष पौडेल लगायतले धारणा राख्दै आलु तरकारीको राजा भएको वताउदै हेम्जा लाई चिनाउन आलु उत्पादनमा थप जोड दिनु पर्ने वताउनु भयो ।
महोत्सव तयारी बारे प्रकाश पार्दै स्टल निर्माणको कार्य धमाधम भइरहेको , कुल १ सय ४० स्टल रहनेमा ४० स्टल कृषि उपजको प्रवर्धनका लागि छुट्टाइएको महोत्सवको तयारी स्वरुप दैनिक जसो बैठक, छलफल एवम् भेटभाट जारी रहेको जानकारी गराउदै महोत्सवमा प्रतिकेजी रु.३८ देखि ४० का बीचमा आलुको कारोवार हुने तथा प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको मुल आयोजक समिति अध्यक्ष श्रेष्ठले वताउनु भयो ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।
महोत्सवका लागि सदाझै यस वर्ष पनि ‘सुन्दर ठाँउ हेम्जा जाऔंः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नारालाई अगाडि सारिएको छ।
हेम्जाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आएको छ । जसअन्तर्गत
५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् ।यस वर्षको महोत्सव अन्तर्गत हेम्जामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा रहेको छ। ।