Friday, March 28News That Matters

आलु महोत्सवमा बढ्दो सहभागिता

यो समाचार शेयर गर्नुहोस्


पोखरा, २७ चैत ।
१२ औं राष्ट्रिय हेम्जा आलु महोत्सवमा दिनप्रतिदिन दर्शकको घुइचो बढ्न थालेको छ ।महोत्सव शुरु भए यता दिनहु सहभागिता पनि बढ्दै गएको वताइएको छ।


महोत्सवको तेस्रो दिन मगलवार मात्रै १० हजार बढी दर्शकले महोत्सव अवलोकन आयोजकले वताएका छन्। । जुन महोत्सव उद्घाटनको दिन आइतवार तथा दोस्रो दिन सोमवारको भन्दा निकै बढी हो । हालसम्म १५ हजार बढी दर्शकले महोत्सव अवलोकन गरिसकेको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले जानकारी दिएका छन्।


महोत्सव अवलोकन गर्नकै लागि हेम्जा लगायत पोखरा महानगरपालिका, अन्नपूर्ण तथा माछापुच्छ्रे गाउँपालिका साथै छिमेकी जिल्लाबाट समेत मानिसहरु महोत्सव स्थल आउन थालेका छन् ।
महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीका लागि ५० रुपैयाँमा टिकट व्यवस्था गरिएको छ ।


कृषि उपज लाई टेवा पुग्ने गरि गरिएको महोत्सव आफैमा महत्वपूर्ण भएकाले परिवार सहित अवलोकन गर्नेहरुको ताति लेख्न सकिन्छ
त्यसका साथै आलु महोत्सव नाम बाट थालिएको भएपनि महोत्सवमा रहेका अन्य स्टलवाट सामग्रीको बिक्रीवितरणमा समेत वृद्दि भएको छ। ।मंगलवारसम्ममा ६ सय ३८ घरपरिवार मानिसले आलु खरिद गरि लगेको कृषि उपज व्यवस्थापन समितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिएका छन्।।


स्याङजा, चितवन, तनहुँ लगायतका जिल्लाबाट समेत मानिस महोत्सवमा आई आलु खरिद गरि लगेको र हालसम्म न्यूनत्तम १० तथा अधिकत्तम १ सय ५० केजीसम्म प्रति परिवारले आलु खरिद गरेको संयोजक तिम्सिनाले बताएका छन्।।महोत्सवको तेस्रो दिन मंगलवारसम्म करिव रु.६ लाखको आलु कारोवार भएको छ ।महोत्सवमा प्रतिकेजी रु.४० मा आलु बिक्री गरिएको छ ।
तर हेम्जा आलु महोत्सव शुरु भएसगै पोखरा बजार क्षेत्रमा भने हेम्जाको आलु देखिन छाडेको र बहिरि आलु प्रति केजि ५५ ६० रुपयामा बिक्री गरेको बजार फलफूल तथा तरकारी बेच्दै आएका एक व्यापारिले वताएका छन्।

आयोजकका अनुसार महोत्सव अन्तर्गत मंगलवार कलाकारहरु जीवन दाहाल, शिवहरी ढुङगाना, परशुराम अधिकारी, बविता जेरी, चोलेन्द्र पौडेल, अमर धिताल, सन्तोष सुवेदी, पुजा तामाङ र नविता सुवेदीका प्रस्तुतिहरु रहे भने बुधवार सम्झना लामिछाने मगर, जीवन दाहाल, पार्वती जिसी, शिवहरी ढुङगाना, रामजी पौडेल, मधु थापा मगर, यम नेपाली, यलिना रायमाझी तथा ओएआउट व्याण्डका प्रस्तुतिहरु रहने छन्।
महोत्सवमा रत्यौली गीत प्रतियोगिता पनि समावेस गरिएको छ ।रत्यौलीतर्फ मंगलवार तिन समूह लामाचौतारा खुट्टेगौडा आमा समूह, माछापुच्छे« सेवा समाज तथा लक्ष्मी आमा समूहको प्रस्तुति रहेको छ ।त्यस्तै महोत्सवमा नवजागरण बाल भजन समूहले पनि आफ्नो प्रस्तुति राखेको छ ।


महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत छन्।

प्रतिकृया दिनुहोस