Tuesday, January 20News That Matters

वैचारिक राजनीतिको विलय

यो समाचार शेयर गर्नुहोस्

कुनैपनि पाटिमा सिद्दान्त दर्सन वाद भनेका  पाटिका नेता र कार्यकर्ता हरुका लागि राजनतिक  यात्राका मुल आधार हुन्  भने   वैचारिक राजनीति भनेकै त्यो पाटिका लागि मेरुदण्ड समान हो । तर नेपालमा तत्कालिन अवस्थामा  दाइ काङ्ग्रेस र भाइ कम्युनिष्टले  जन्मलिए तब ती दुवै पाटिले आ आफ्नै ढङ्गले राजनितिक व्याख्या गर्दै अगाडि वढ्दै जाँदै गर्दा कम्युनिष्ट हरुले मार्कसवाद लेनिनवाद माओवाद लाई अगाडि सार्दै आए भने काङ्ग्रसले विपिवादलाइ  अगाडि सार्दै  आयो । विभिन्न दलमा विभिन्नवादले जन्मलिदै जानेक्रम बढ्दै जानथाल्यो। 

जसले गर्दा वैचारिक राजनितीले निकै महत्व पाउन थाल्यो। नेपालमा जब विपिवादले जन्म लियो  तब वाद को सङ्घर्षले स्थान पाउदै जान थाल्यो। जसले गर्दा नेपालमा विपिवादले महत्त्व पाउन थाल्यो । किन भने विपिवाद लाइ नेपाल भित्रै जन्माइएको वाद भन्ने  राजनितिक हिसावले विपिवाद लाइ नेपालि जनताले महत्ब दिन थाले जसले गर्दा नेपाली काङ्ग्रेस ठुलो दल र बलियो दलको रुपमा स्थापित भयो। जसले गर्दा  विपिवाद भएकोले गर्दा सबैभन्दाबढि सत्तामा पुग्ने दलको रुपमा काङ्ग्रेस र आफ्नै खिचातानि र बहुवाद बहुलवाद भएका तर वादैवादको भुमरिमा परेर चैते पोखरिमा चिरा चिरा परेजस्तो गरि कम्युनिष्ट हरु चिरा पर्दै गए। जसले गर्दा नेपालमा अझैपनि  कम्युनिष्ट मिल्ने कुरा त परैको कुरा कम्युनिस्टहरु  वैचारिक रुपले समेत एक हुन सकेका छैनन्। पछिल्ला केहि दसक यता राजतन्त्र अन्त्य सगै गणतन्त्रको उदय भएपछि  यतिवादले जन्मलिएकि कुनै सिमा नै रहेन त्यति मात्रै हैन गणतन्त्र मै कहिले सत्त भागवण्डा लिएर त कहिले बाहिरै रहेर  राजावादि पक्षधर पाटिहरु समेत बढ्दै जान थाले। उनिहरुमा समेत राजावादि देखिने र भन्ने तर गणतन्त्र कै सत्तावादि बन्ने होड बाजि नचलेको पनि हैन।

तर नेपालको पछिल्लो राजनितिक घटनाक्रमले यस्तो मोड लियो कि सबैमा एउटै लालच बन्न थाल्यो कि जसरि भएपनि सत्तामा जाने सत्ता टिकाइ राख्ने प्रवृति सबै पाटि र नेताहरुमा  बढ्न थाल्यो। फलस्वरुप पटि पाटि बिच कहिले सत्ता गठवन्धन त कहिले प्रतिपक्ष गठवन्धन त कहिले राजनितिक गठवन्धन हुन थाल्यो यहासम्म कि दुइ किनाराका दलहरु पनि एक किनाराका बन्दै चुनावि तालमेल मिलाएर चुनाव लड्न थाले । त्यसमापनि  लाजै नमानि फरक पाटिका नेताले फरक पाटिको चुनाव चिन्ह लिएर चुनावमा भाग लिएर लड्न थाले ।

यहासम्मकि आफ्नो कुन पाटि  कुन विचार सिद्दान्त दर्शन बोकेको पाटि हो राजनितिक यात्रा के हो आफ्नो पाटि कुनवादवाट  सञ्चालित हो आफू कुन वादि हो भन्ने कुरा हरु समेत  बर्षौ देखि वादको  वैचारिक राजनिती गर्दै आएका नेताहरुले सबैकुरा बिर्सेर सत्तावादमा होमिएर स्वार्थ वादको राजनितिमा  फस्दै जान थाले । जसले गर्दा पछिल्लो समय सबै पाटिहरुमा  वैचारिक  राजनिती विलय हुदै जान थाल्यो। त्यसैले नेपालका राजनितिक पाटि  र नेताहरुमा देखिएको सत्तालिप्सा  प्रृवृति देख्दा अब नेपालका जतिपनि पाटि छन् ति पाटि रस नभएका कागती जस्ता देखिन थाले। फलस्वरूप पाटिहरु नाम मात्रै का पाटि जस्ता देखिन थाले। त्यसैले भन्नै पर्ने हुन्छ नेपालमा  अब कुनैपनि नेताहरुले विचार सिद्धान्त र पाटिको दर्सनलाइ सत्ता प्राप्तिका लागि आहुति दिदै जानथाले। सत्ताका लागि  रातारात पाटिनै छाडन थाले आफ्नै पाटिको  चुनाव चिन्हलाइ  समेत  झोलामा राखेर अर्को पाटिको चुनाव चिन्ह लिएर आफ्नो पाटिकै पहिचान र स्वाभिमानलाइ भरि बजारमा लिलामि गर्न थाले।

त्यसैले अब नेपालमा कुनैपनि पाटि र तिनका नेताले पाटिको विचार र सिद्दान्तका वा कुनै दर्शन र वादका कुरा  गर्न थाले कि नेपाली जनताले मुन्टो बटारेर हिड्न थाले। कारण अरु केही हैन नेताहरुका देखिएको सत्तालोलुप्ता नै हो।  पछिल्लो समयमा नेपालको राजनितिक घटनाक्रमले जुन मोडलिदै जान थालेकोछ। त्यसले कुनैपनि पाटिलाइ सहि गन्तब्यमा पुर्याउन सक्दैन कि भन्ने सङकेतहरु देखा पर्न थालेका छन्। जसले गर्दा नेपालमा भएका लगभग सबैजसो पाटि र नेताहरुमा देखिएको  बाडिचुडि सत्ता प्राप्ति प्रवृती ले गर्दा नेपालका दल र नेताहरुको भागवण्डाको राजनितीले गर्दा  विभिन्न वादमा देखिएको प्रलय लाई नजिकै  बाट नियाल्ने हो भने नेपालका सबैजसो पाटिमा  वैचारिक राजनितीको विलय भएकै हो भन्न सकिने अवस्था छ।

प्रतिकृया दिनुहोस