पोखराका विभिन्न ठाउमा भित्री बाहिरि सडकमा अनगिन्ती खाल्डाखुल्डी परेकै कार आम नगरवासिले सामाजिक सञ्जाल तथा विभिन्न माध्यम बाट चौतर्फि विरोध सहित गुनासो गर्न थाले पछि सडक डिभिजन कार्यालय पोखराले पिच सडक टालटुल गरि कालोपत्रे (प्याच अप ) गर्न मोबाइल इक्युपमेन्ट भेहिकल प्रयोगमा ल्याएको छ । रोड मेन्टिनेन्स भेहिकल (RMV ) नामको उक्त भेहिकल जापान बाट झिकाइएको पोखरा डिभिजन सडक कार्यालयका प्रमुख इन्जिनियर नवराज बास्तोलाले बताउनु भएको छ।




करिब ५ करोड रुपैयाँ पर्ने उक्त गाडीमा सडक पिच गर्न आवश्यक पर्ने सबै सामग्री जडान गरिएको हुन्छ । बाटोको फोहोर सफा गर्ने भ्याकुम पाइप , बिटुमिन स्प्रेअर , गिटि मिक्स्चर सबै उक्त गाडिमा जडित रहेको प्रमुख वास्तोलाले बताउनु भएको छ ।

पिच गर्न आवश्यक पर्ने कच्चा पदार्थ गिटि रोडा समेत सोही गाडिमा हुने भएकोले खाल्डा खुल्डी परेका सडक टाल्न ठाउँ ठाउँमा आगो बाल्नु पर्ने गिटि र र्बिटुमिन पोल्ने झन्झट नपर्ने वहाले जानकारी गराउनु भएको छ ।
सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्रमा पर्ने सडकका खाल्डा टालटुल ( प्याचप ) गर्ने कार्य उक्त मोबाइल गाडीको प्रयोग बाट सुरु गरिसकेको पाइएको छ । पहिलो चरणमा पोखरा नगर क्षेत्रका सडक डिभिजन अन्तरगत पर्ने सडकको खाल्डाखुल्डी टाल्ने कार्य गरेको भनिएता पनि पोखराका सडकमा अझै खाल्डाखुल्डी देख्न पाइन्छ । पोखरा नगरको २७ किलोमिटर सडक डिभिजन सडक अन्तरगत पर्छ ।

सडक कार्यालयले मोबाइल सडक प्याचपका लागि प्राबिधिकलाइ तालिम प्रदान गरि दक्ष जनशक्ति तयार गरिसकेको वताएको छ।
रोड मेन्टिनेन्स गाडि (RMV )लाइ आवश्यकता अनुसार अधिकतम प्रयोग गर्न दिनका लागि सडक डिभिजन कार्यालय भने लचकता देखाएको छ । पोखरा महानगरका सडक टाल्न गाडी र प्राबिधिक निशुल्क उपलब्ध गराउन तयार रहेको र पोखरा महानगरका प्रमुख सङ्ग कुरा भएको सडक डिभिजन कार्यालय प्रमुख प्रमुख बास्तोलाले बताउनु भएको छ।

उक्त प्रबिधिको सवारी सहि ढङगले केहिदिन नियमित प्रयोग गर्ने हो भने पोखराका सडकमा देखिएको खाल्डाखुल्डी टाल्ने समस्या सहजै समाधान हुने देखिन्छ । यस अघि सडकमा माटो हालेर खाल्डाखुल्डी पुर्नुपर्ने अबस्था झेल्दै आएको महानगरलाइ यो RMV को उपयोगले सहजता प्रदान गर्नेछ । पानी बडि पर्ने क्षेत्र भएकोले पोखरा र सडक बनाउने क्रममा सडकदाया काया बर्षामा आउने भलपानि र घर होटलबाट निस्कने ढल पानिकै कारण सडकमा पानी जम्ने समस्या र सडक सतह समान नभएकै कारण आसपासका सडक छिटो भत्कने समस्या पोखराका सडकका लागि रोग जस्तै बनेको छ ।

डिभिजन सडक कार्यालय सङ्गको सहकार्यमा पोखरा महानगरले भत्केका खाल्डाखुल्डीलाई बेलैमा टाल्न सकेमा महानग महानगरवासि बाट आलोचित हुनु नपर्ने र सडक प्रयोगकर्ता माथी न्याय हुनुका साथै सवारी दुर्घटनामा पनि कमि आउने अपेक्षा गरिएको छ ।





















