Sunday, May 18News That Matters

आलु महोत्सवमा दर्सकको बाक्लो उपस्थितिअन्तरक्रिया कार्यक्रम विज्ञ द्वारा उत्पादनमा ज‍ोड

यो समाचार शेयर गर्नुहोस्

पोखरा, चैत्र २९ बुधबार ।
१२ औं राष्ट्रिय हेमजा आलु महोत्सवको अवसरमा गरिएको कृषि अन्तरक्रिया कार्यक्रम को अवसरमा बेला बखत माटो परिक्षण गरेर माटो लाई स्वास्थ राख्न सके बढि भन्दा बढि उत्पादन लिन सकिने विज्ञ हरुको भनाइ रहेको छ।


महोत्सव अन्तर्गत बिहीवार भएको माटो तथा बाली संरक्षण विषयक अन्तरक्रियाका बीच माटो लाई स्वस्थ राख्नु पर्नेमा विज्ञहरुको जोड रहेको छ।
कृषि अनुसन्धान निर्देशनालय लुम्लेको आयोजनामा भएको उक्त अन्तरक्रियामा धारणा राख्दै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख, वरिष्ठ वैज्ञानिक डा.श्रीप्रसाद विष्टले माटोलाई जीवित राख्न त्यसमा रासायनिक नभई जैविक मलको उचित प्रयोग गर्नुपर्ने वताउनु भयो । ।
साच्चै सफल रुपमा कृषि कर्म गर्ने हो भने माटोलाई बचाउनुको विकल्प हामीसँग छैन, त्यसका लागि प्राङगारिक चिजवस्तुहरु माटोसँगै कुहाउनु पर्दछ, जलाउदाँ माटोको माथिल्लो सतहका जीवाणुहरु पनि मर्दछन्, त्यो भनेको माटो मर्नु सरह भएको उनले स्पष्ट पारे।


माटोमा अम्लिय पन बढी भयो भने सिचाईको प्रबन्ध मिलाउनु पर्दछ, समयसमयमा माटोको भौतिक, जैविक एवम् रासायनिक जाँच पनि गर्नुपर्दछ, त्यसका साथै माटोको बनोट तथा त्यसमा रहेको सुक्ष्म खाध्य तत्वबारे पनि बेलाबेलामा ख्याल गर्नुपर्ने भन्दै प्रमुख डा.विष्ट माटोसँग प्रत्येक प्राणीको जीवन जोडिएको स्पष्ट पार्नुभयो ।
राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम रुपन्देहीका संयोजक वरिष्ठ वैज्ञानिक डा. रोशन बस्नेतले गहुँमा सिन्दुरे तथा कालो पोके रोगको समस्या बढी रहेको वताउँदै नेपाल कृषि अनुसन्धान परिषद्ले सिफारिस गरेका बिउहरु मात्रै खेती गर्न किसानलाई सुझाव दिनु भयो ।
।विभिन्न रोगहरुका कारण हाल उत्पादनमा ह्रास आइरहेको छ, त्यसका लागि कतिपय अवस्थामा बीउको उपचार गरेर पनि छर्नुपर्ने हुन्छ वहाले भन्नु भयो ।
कार्यक्रममा वागवानी अनुसन्धान केन्द्र मालेपाटन प्रमुख वरिष्ठ वैज्ञानिक डा. सुनिल अर्यालले पनि कृषिको महत्वमाथि प्रकाश पार्दै वहाले फल कुहाउने औशाका कारण अमिलोजन्य कृषि उपजको उत्पादनमा आजकल कमी आइहेको स्पष्ट पार्दै त्यसका लागि उक्त फललाई नै व्यवस्थित ढङगले नष्ट गरे करिव ७० प्रतिशत समस्या समाधान हुने बताउनु भयो ।

खेतवारीमा काँचो मलको प्रयोग नगर्न किसानलाई सुझाव दिर्दै माटोमा हुने शत्रुजीव तथा मित्रजीवलाई चिन्नुपर्ने स्पष्ट पार्नु भयो ।
स‍ोहि अवसरमा किसानले आलुबालीमा हुने अगौटे तथा पछौटे डडुवा, आलुमा प्वाल पर्ने समस्या, एजेरु रोग, रातो कमिला व्यवस्थापन, फौजी किरा, गोलभेडाँमा गवारो, पराग सेचन लगायतका विषयमा किसानहरुको जिज्ञासा रहेको थियो। ।
कार्यक्रममा कृषि अनुसन्धान निर्देशनालय लुम्ले प्रमुख डा.प्रेनिल केसी, वैज्ञानिक रमेश आचार्य, प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सीना लगायतले सहजीकरण गर्नु भएको थियो ।
बिहीवारसम्म २५ हजार दर्शक बढीले महोत्सव अवलोकन गरेकोमा १ हजार ४ सय १० घरपरिवारले आलु किनी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिनुभय‍ो।


हालसम्म १४ लाख बढीको आलु कारोवार भएको वहाले वताउनु भयो।
महोत्सव अन्तर्गत बिहीवार कलाकारहरु तारापति सुवेदी, प्रेमराज अधिकारी, शिवहरी ढुङगाना, परशुराम अधिकारी, नेत्र खड्का, सुनिता नेपाली, नवराज अधिकारी, दुर्गा क्षत्री, राजेश बर्देवा(पप आधुनिक), हास्य कलाकारद्वय राजेन्द्र नेपाली र युवराज भण्डारी साथमा स्थानीय कलाकारहरुका प्रस्तुति रहे ।त्यस्तै शुक्रवार विष्णु खत्री, ज्योति लोहोनी, माधव चापागाई, जीवन सिग्देल, माया केसी, छ्यवाङ लामा, ओम गुरुङ तथा अंकित एण्ड कुशल व्याण्डका प्रस्तुतिहरु रहने जनाइएको छ ।
त्यस्तै रत्यौली गीत प्रतियोगिता पनि जारी छ ।रत्यौलीतर्फ बिहीवार दहरे देउराली आमा समूह तथा इन्द्रेणी आमा समूहले प्रस्तुति राहेको थियो ।
महोत्सव अन्तर्गत शुक्रवार बाली तथा पशु स्वास्थ्य उपचार शिविर हुने भएको छ। महोत्सव बैशाख ५ गतेसम्म चल्नेछ ।

प्रतिकृया दिनुहोस