Sunday, March 23News That Matters

नयाँ बर्ष ८१ शुभकामना सहित झण्डा दिवस मनाइयो

यो समाचार शेयर गर्नुहोस्

नयाँबर्ष २०८१ शुभारम्भकै पहिलो दिन नया बर्षको शुभकामना साथै ,नया बर्ष नया काम, राष्ट्रिय झण्डा दिवस मनाम ,भन्ने  मुल नारा सहित पोखरामा झण्डा दिवस मनाइएको छ।

 सयोजक नवीन श्रेष्ठ  परिवर्तनका लागि हामी अभियान नेपाल , सयोजक शिवराज बस्ताकोटि शिवदाइ जनता जनार्दन अभियान नेपाल ,र  अध्यक्ष रवि भण्डारि  वागेस्वरि असल शासन क्लव ( बास) कास्कीको सयुक्त आयोजनामा  नया बर्ष ८१ को अवसरमा  प्रमुख अतिथि तथा पत्रकार महासघ कास्की पुर्व अध्यक्ष तथा एभरेष्ट प्रमुख  दिपेन्द्र श्रेष्ठको आतिथ्यतामा 

राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनताका लागि,नया बर्ष नया काम , राष्ट्रिय झण्डा दिवस मनाम, भन्ने मुल नारा सहित पोखरामा राष्ट्रिय झण्डा दिवस मनाइएको छ। 

आयोजित राष्ट्रिय झण्डा दिवसको अवसरमा  प्रमुख अतिथि श्रेष्ठले नया बर्षको शुभकामना दिनु हुदै राष्ट्रिय झण्डाको बारेमा प्रकाश पार्दै राष्ट्रिय झण्डा दिवस राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनताका लागि राष्ट्रिय झण्डाको महत्त्व बारे वताउनु भएको थियो। राष्ट्रिय झण्डा भनेको राष्ट्रिय एकताको पहिचान भएको राष्ट्र को स्वाभिमान भनेकै राष्ट्रिय झण्डा रहेको जनाउदै विश्वकै राष्ट्र हरुका राष्ट्रिय झण्डा मध्येमा नेपालको राष्ट्रिय झण्डा  फरक आकर्षक रहेको वताउनु भयो  l

आयोजित राष्ट्रिय झण्डा दिवस कार्यक्रममा वातावरण सरक्षणका लागि महा अभियान कास्की सयोजक राम वहादुर पौडेल , नागरिक समाज कास्की बिष्णुहरि अधिकारि  जिरो किमि अभियान महिला समूह , लक्ष्मि शर्मा लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्य ज्यु , घर वहाल सरोकार महासघका गण्डकि प्रदेस अध्यक्ष कमल न्यौपाने ,वडा नम्वर ५ सदस्य गोबिन्द पराजुलि , वडा नम्वर ७ वडा सदस्य बिष्णु प्रसाद वराल , विश्वको उत्कृष्ट गन्तब्य नेपाल बनाउने महाअभियानका अभियन्नता प्राज्ञ नगेन सिह ठकुरि ,सार्थक रेडियो प्रमुख तिर्थ केसि , फोहोर मैला सर सफाइ तथा सामाजिक अभियानकर्मि बलाराम वराल लगायत विभिन्न सघ सस्था प्रतिनिधि तथा अभियानकर्मि हरुको उपस्थिती रहेको थियो । आयोजित कार्यक्रम पोखराको जिरो किमि बाट शुभारम्भ गरि झण्डा सहित सृजनाचोक हुदै सभागृहमा पुगि समापन गरिएको थियो। 

आयोजित कार्यक्रमका सयोजक शिवराज बस्ताकोटि शिवदाइ को अध्यक्षतामा भएको थियो भने कार्यक्रम परिवर्तनका  लागि हामि अभियान नेपालका सयोजक नविन श्रेष्ठले सञ्चालन गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस