Friday, March 28News That Matters

हेम्जा आलु महोत्सव अब मात्रै तीन दिन बाकि

यो समाचार शेयर गर्नुहोस्

पोखरा,बैशाख २ आइतबार । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव अब मात्रै तीन दिन बाकि छन् महोत्सव अन्त्यतिर आइपुग्दा आलुको पहाडसँग तस्विर खिचाउनेहरुको बाक्लो उपस्थिती देखिन थालेको छ ।
महोत्सव अवलोकन गर्न आउनेहरु कतिपय सेल्फीमा रमाउदै सेल्फि खिच्दै त कति किनमेल गर्दै त कति मन‍ोरञ्जनमा रमाइ रहेका देखिन्छन्।


महोत्सवमा पुग्ने प्राय सबै उमेर समुहकाहरु आलुको पहाडसँगै आ आफ्नो तस्विर खिच्नमै व्यस्त देखिन्छन्।
चैत २५ गतेबाट सुरु महोत्सव यहि वैशाख ५ गतेसम्म चल्नेछ ।
यतिवेला महोत्सवको मुख्य आकर्षका रुपमा आलुको पहाड देखिएको छ।
कृषि उपजका नाममा महोत्सव हुनु आफैमा महत्वपूर्ण पनि छ,। हेमजा आलुका लागि मात्रै नभएर कृषि उपजका लागि प्रख्यात रहेको आयोजकले जनाएको छ।
आइतवारसम्म ४८ हजार दर्शक बढीले आलु महोत्सव अवलोकन गरेकोमा २ हजार ५ सय ४ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिएका छन्।


महोत्सव अन्तर्गत आइतवार हेमजा साहित्य प्रतिष्ठानद्वारा प्रकाशित भित्तेपात्रो लोकार्षण गरिनुका साथै कलाकारहरु प्रजापती पराजुली, राजु परियार, सरला पाण्डे, कुमार पुन, राजन कार्की, मञ्जु विक र निश्चल थापाका प्रस्तुतिहरु रहे ।त्यस्तै सोमवार प्रकाश दुतराज, पुरुष‍ोत्तम न्यौपाने, पूर्णकला विसी, प्रिन्स लम्साल, वसन्ती थापाका प्रस्तुतिहरु रहने आयोजकले जनाइएको छ ।
भित्तेपात्रो लोकार्षण गर्दै पोखरा महानगरपालिका प्रवक्ता समेत रहेका वडाध्यक्ष मोतिराज तिम्सिनाले आलु महोत्सव समग्र पोखरेलीको चाड भएको उल्लेख गर्दै यसलाई सुधार्दै लैजानुपर्ने बताए सोही अवसरमा हेमजा साहित्य प्रतिष्ठानका गतिविधिको प्रशम्सा समेत गरे
त्यस्तै महोत्सवमा भजन प्रतियोगिता पनि निरन्तरता पाई रहेको छ ।भजनतर्फ आइतवार माछापुच्छे« सेवा समाजले प्रस्तुति राख्यो ।
महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी आइतवारसम्म करिव साढे २ करोडको कारोवार भएको मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले जानकारी दिएका छन्। ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत मनोरञ्जनका कार्यक्रमले निरन्तरता छन्।

प्रतिकृया दिनुहोस