Saturday, November 8News That Matters

महोत्सव अवधिभर ३० लाखको आलु बिक्री

यो समाचार शेयर गर्नुहोस्

पोखरा / बैशाख – ४ मङ्गलवार १२ औं राष्ट्रिय हेमजा आलु महोत्सवमा मंगलवारसम्म रु.३० लाखको आलु बिक्री भएको छ ।
चैत २५ गतेदेखि सुरु भएको महोत्सवमा प्रतिकेजी रु.४० मा आलुको कारोवार भइरहेको छ ।


मंगलवार सम्म ७० हजार दर्शक भन्दा बढीले महोत्सव अवलोकन गरेका छन्।
कुल ३ हजार २ सय १५ घरपरिवारले आलु खरिद गरी लगेको कृषि उपज व्यवस्थापन उपसमितिका संयोजक जयराम तिम्सिनाले जानकारी दिएका छन् ।


उनले कास्की, स्याङजा, चितवन, बुटबल, बाग्लुङ, तनहुँ लगायत काठमाण्डौबाट समेत मानिसहरु आलु खरिद गर्न आएको पनि वताएका छन् । हालसम्म प्रति घरपरिवारले न्यूनत्तम ५ किलोग्रामदेखि अधिकत्तम ३ सय किलोग्रामसम्म आलु खरिद गरी लगेको जानकारी गराउदै ग्राहकले हेमजामा फलेको आलु स्वादिलो, छिटो पाक्ने तथा स्वास्थ्यकर मानि बढी खरिद गर्ने गरेको तिमिल्सिना वताए ।


महोत्सवको शुभारम्भ सहित उद्घाटनको दिन चैत २५ गते आयोजित झाँकी र्यालीको नजिता पनि सुनाइएको थियोे। भने पुरस्कार प्रदान कार्यक्रमका अतिथि तथा गण्डकी प्रदेस मन्त्री राजिव गुरुङ द्वारा पुरस्कार प्रदान गरिने कार्यक्रममा माछापुच्छे सेवा समाज पहिलो भएर रु.१० हजार र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने
हेम्जा नेवा खलको समूह दोस्रो, पोखरा महानगरपालिका स्थित सामुदायिक महिला स्वास्थ्य स्वयम सेविकाको समूह तेस्रो तथा नवजागर बाल समूह तथा धौलागिरी हेमजा मगर समाजले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। ।द्वितीय, तृतीय र सान्त्वना भएसँगै ति समूहहरुले क्रमश ७ हजार, ५ हजार तथा ३ हजार साथै प्रमाणपत्र सहित प्राप्त गरेका छन्।


पुरस्कार वितरण गर्दै मन्त्री गुरुङले कृषि उपजका नाममा महोत्सव गरिनु आफैमा महत्वपूर्ण रहेको बताउँदै त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।म मनाङको मान्छेः आलु खाँदै हुर्केको हो, आज यहाँ पनि आलुका परिकार खान पाए, खुशी लागेको वताए ।

आगामि दिनमा हुने यस किसिमका महोत्सवमा प्रदेश सरकारको पनि साथ रहन्छ मन्त्री गुरुङले भने ।
मंगलवार महोत्सवमा कलाकारहरु कुलेन्द्र विश्वकर्मा, सुरेशरमण अधिकारी, कृष्ण गुरुङ, सरिता सारु, गगन गुरुङ, सुभद्रा श्रेष्ठ, परशुराम अधिकारी लगायत लक्ष्य व्याण्डका प्रस्तुतिहरु रहे।
त्यस्तै महोत्सवमा आलु लगायत अन्य सामग्री समेत गरी हालसम्म साढे ३ करोडको कारोवार भएको मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठको वताए ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहेका छन्।
महोत्सव एक समारोहका बीच बैशाख ५ गते बुधवार समापन हुनेछ ।

प्रतिकृया दिनुहोस