Monday, July 14News That Matters

पोखरा महानगर पालिकका इन्जिनियर वराल अख्तियारको फन्दामा

यो समाचार शेयर गर्नुहोस्

पोखरा / पोखरा महानगर पालिकाका घरनक्सा शाखाका इन्जिनियर शिवराज बराललाई पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले पक्राउ गरेको छ । घर निर्माण सम्पन्नको प्रमाणपत्र दिनेक्रममा घुस लिएको आरोपमा इन्जिनियर वराल लाइ मंगलबार साँझ पक्राउ गरिएको हो ।

गत चैत २८ गते पक्राउ परेका सबइन्जिनियर उषाकिरण रोकाया र गोदार इन्जिनियरीङका सुरज कुँवरमाथि अनुसन्धान गर्नेक्रममा इन्जिनियर बरालको पनि नाम जोडिएको पाइएपछि पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ ।

उनीहरु एक लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका थिए । उनीहरुले एउटै काममा पटकपटक घुस लिएको बताइएको छ । यसो त पोखरा महानगर पालिका बाट सेवा लिनेमा सबै भन्दा बढि घर सरचना सम्पन्न गर्नका लागि जाने सेवाग्राहीले सास्ती पाएका गुनासाहरु नआएका भने हैनन्।

प्रतिकृया दिनुहोस