कुनैपनि राष्ट्रको राष्ट्रियता , राष्ट्रिय स्वाधिनता राष्ट्रिय स्वाभिमान र पहिचान भनेकै राष्ट्रिय झण्डा हो । राष्ट्र को गरिमा हो राष्ट्रिय प्रतीक हो। विश्व इतिहास लाई पुरै डुवुल्कि मारेर गहिराइमा पुग्न नसकिएता पनि सुनेजति बुझे जती कुरा लाइ सत्य मान्ने हो भने नेपालको झण्डा सबै भन्दा पुरानो र आध्यात्मिक तथा भौतिक वैज्ञानिक रुपले पनि विश्वकै झण्डा मध्ये फरक सुन्दर र आकर्षक मान्न सकिन्छ। किन भने नेपाल को झण्डा चन्द्र सुर्य अङ्कित त्यसै बनाइएको छैन हाम्रा पुर्वजहरुले सानो तिनो सोच र सामान्य वुद्दिले बनाएको झण्डा हैन। त्यसैले त हिजो नेपाल प्रति गिद्दे नजर लगाउने नेपाल माथि आक्रमण गर्न खोज्ने दुस्मनहरुका लागि नेपालिलाइ देख्नु पर्दैनथ्यो नेपालको झण्डा र खुकुरि देखे पुग्थ्यो। जब एक हातमा खुकुरि र अर्को झण्डा लिएर वीर गोर्खाली सेना दुस्मन माथि जाइ लाग्न पहाड बाट फराल्थ्ये तब दुस्मनहरु पछाडि पनि नहेरि भागेका कुराहरु पुर्वज तथा अग्रजहरुले इतिहासका पानामा कोरेका कुरा र अक्षर अझै पनि सुन्न र देख्न पाइन्छ। अन्त कतै जानु पर्दैन हाम्रा पुर्वजहरु कति शक्तिशालि थिए भन्ने कुरा छिमेकी राष्ट्रका ज्युदा इतिहासका प्रमाणको रुपमा भारतीय वृद्द जेष्ठ अग्रज हरुकै मुखराविन्द बाट वहादुर गोर्खाली को तागत शक्ति कति थियो नेपाल र नेपालिको राष्ट्र प्रति राष्ट्रियता प्रति राष्ट्रिय झण्डा प्रति कती मोह र लगाव थियो भन्ने कुरा अझैपनि सुन्न र बुझ्न सकिन्छ। त्यतिमात्र हैन नेपाल नेपाली भन्ने बित्तिकै नेपाली झण्डा देख्ने वित्तिकै छिमेकी भारत का नागरिक मात्रै हैन विश्वकै नागरिक प्रभावित छन् भन्दा फरक नपर्ला। नेपालको झण्डामा जुन आध्यात्मिक वास्तु शक्ती छ सायद विश्वकै कुनैपनि देसको राष्ट्रिय झण्डा मा त्यो शक्ति नहोला । कतिपय अज्ञानता कै शिकार भएका हरुलाइ मात्रै कपडाको झण्डा लाग्न सक्ला नेपालको राष्ट्रिय झण्डाको महत्व थोरैपनि बुझेका नेपालिहरुका लागि राष्ट्र राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको सवालमा नेपाल को राष्ट्रिय झण्डा मुटु हो धड्कन हो । राष्ट्रियता हो।स्वाभिमान हो राष्ट्रिय मात्र हैन अन्तराष्ट्रिय स्तरमै विर गोरखालिको स्वाभिमानयुक्त पहिचान हो ।



त्यसैले यहाँ भन्नै पर्ने हुन्छ। जुन नेपाली राष्ट्रिय झण्डा देखेर विश्व थर्कमान भएका इतिहास हुदा हुदै पनि पछिल्लो समयमा आएर हामिले हाम्रो राष्ट्रिय झण्डाको महत्त्व लाई कतै बिर्सन र राष्ट्रिय झण्डाको स्वाभिमानलाइ बुझ्न नसकेका त हैनौ भन्ने सवाल उठ्न थालेका छन्। कतै हामि बिभिन्न विचार सिद्धान्तका वहानामा र राजनितिक पाटिका नाममा र पाटिकै झण्डाकै वसमा परेर राष्ट्रिय झण्डाको महत्व र स्वाभिमानलाइ ओझेलमा पारि रहेका त छैनौ अब आम नेपालि जनताले गम्भिर भएर सोच्ने बेला आएको छ। पछिल्लो समयमा अत्याधिक राजनीतिक प्रभाव र दलिय प्रभावकै कारण नेपालको राष्ट्रिय झण्डा दलिय झण्डाको घेरा भित्र परेको ता हैन भन्ने सङ्केतहरु देखा पर्न थालेका छन्।
त्यतिमात्र हैन कतै नेपालकै राष्ट्रिय झण्डालाइ कतै कुनै पाटि बिशेषले हाम्रो पाटिको झण्डा भन्ने त हैन भन्ने खतरा देखिन थालेको छ। यहासम्म कि नेपालको राष्ट्रिय झण्डाप्रति सरकार, सरकारि निकाय मात्रै हैन दलहरु मात्रै हैन राजनिती इतिहास बोकेका नेताहरू समेत जुन ढङ्ग र शैलिले पाटिको झण्डा प्रति वफादार देखिएका छन् त्यति राष्ट्रिय झण्डा प्रति न त जिम्मेवार बन्न सकेका छन् न त राष्ट्र राष्ट्रियता ,राष्ट्रिय स्वाधिनता तथा राष्ट्रिय झण्डाप्रति वफादार बन्न सकि रहेका छन्।
यसको ज्वलन्त उदाहरण अरु केही नभएर देसैभर बर्षभरि कहिले कुन दिवस कहिले कुन दिवस मनाउने वहानामा राष्ट्रिय स्तरमै सरकारि विदा दिने दिवस मनाउने यसो सानो केहि काम गरेकि दिवस मनाउने घोषणा गर्ने तर राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनताका नारा लगाउदै आएर राज्य सत्तामै पटकपटक पुगेका र पुग्न लागेकै दल र नेताहरुले राष्ट्रिय झण्डाकै स्वाभिमान गरिमा र महत्व लाइ बिर्सदै जान लागेका हुन्कि भन्ने प्रस्नहरु सर्वत्र सल्बलाउन थालेका जो छन्। फेरि अर्को तर्फ कतै हिजोको सानो भएर पनि शक्तिशाली राष्ट्रको रुपमा हाम्रा पुर्वजले स्थापित गरेको राष्ट्रिय झण्डाको स्वाभिमान गौरव र पहिभान नै गुम्ने त हैन कतै हाम्रा आधुनिकतामा रमाउदै जानथालेका नेताहरुकै कारण विश्वचित्र बाट हराउने त हैन भन्ने खतरा पनि उत्तिकै देखिन थालेको छ। जसले गर्दा नेपाली जनताले जनस्तर बाटै राष्ट्रिय झण्डा दिवस मनाउनु पर्ने अवस्था सृजना भएको छ। त्यसैले अब रहौला कहा हामि नै यहा नेपालै नरहे भन्ने यो गितलाइ आत्मसात गर्दै राष्ट्रिय झण्डाको महत्वलाइ जनजनमा पुर्याउन र बुझाउनका लागि राष्ट्रिय झण्डाको गरिमालाइ थप उचाइमा पुर्याउनकै लागि राष्ट्रिय झण्डा दिवस मनाउनका लागि सरकारले राष्ट्रिय झण्डा दिवस कै नाममा सरकारि विदा सहितको व्यवस्था गर्नु पर्ने आवस्यकता देखिन्छ। स्मरण रहोस् नेपालको कुनैपनि झण्डालाइ अन्तराष्ट्रिय जगतले त्यति महत्व दिदैन जति नेपालको राष्ट्रिय झण्डालाइ दिन्छ। त्यसैले त भन्नै पर्ने हुन्छ पहिला राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनता सहितको राष्ट्रिय एकता सार्भौमसत्ता सम्पन्न जनता अनि बल्ल पाटि र नेता भन्ने मान्यता लाई आत्मसात गरि अगाडि बढ्नु पर्ने आजको आवस्यकता र सरकारि मान्यता सहित राष्ट्रिय झण्डा दिवसको वैधता सहितको गणितिय हैन अगणितिय लोकतान्त्रिक व्यवस्था जनताले चाहेका छन।





















