पोखरा बैशाख ९ आइतबार / ट्राफिक प्रहरी कार्यालय कास्कीले मिटरमा नचलाएकै कारण पोखराको विभिन्न ठाउँ बाट एकैदिनमा १३ टेक्सि आफ्नो नियन्त्रणमा लिएको छ।




विभिन्न ठाउबाट टेक्सि मिटरमा चल्न नमानेको आफुखुसि भाडालिएको जनगुनासो आएपछि सर्वसाधारण नागरिक बाट १०३ मा खवर प्राप्त भएपछि सिभिल टोलि यात्रु बनेर अप्रेसन गरेपछि पोखरा को बिभिन्न ठाउबाट एकै दिनमा १३ टेक्सि नियन्त्रणमा लिइएको कास्की ट्राफिक प्रहरी प्रमुख भानु शर्माले वताउनु भयो ।
मिटरमा नचलाइएको पाइएपछि यसभन्दा पहिला पनि ५०४ टेक्सिलाइ नियन्त्रणमा लिएर कारर्वाहिका लागि यातायात कार्यालय पठाइएको पत्रकार बिच जानकारी गराउदै प्रमुख शर्माले आम सर्वसाधारण नागरिकलाई अझैपनि टेक्सिले मिटर नचलाएमा वा मिटरमा जान नमानेमा कहाँ खवर गर्ने भन्ने बारै थाहा नभएको वताउदै यदि कोहि पनि सर्वसाधारण नागरिकलाइ यस्ता समस्या आइ परेमा १०३ मा सिधै खवर गरि सहयोग गर्न अनुरोध पनि गर्नु भयो।

आइतवार मात्रै नियन्त्रणमा लिइएका १३ टेक्सिलाइ आफ्नो कार्यालयले सोहि प्रकृतिको गल्ति भएमा वा गरेमा कारवाहि स्वरुप जरिवाना गर्न नमिल्ने जनाउदै नियन्त्रणमा लिइएका सबै टेक्सिलाइ कारवाहिका लागि यातायात कार्यालय पठाउने वताउनु भयो । कारवाहि कस्तो
प्रकृतिको रहने भन्ने प्रस्न को जवाफ दिदै यातायात कार्यालयले २१ सय देखि माथि ५ हजार सम्म स्वविवेक प्रयोग गर्न सक्ने शर्माले वताउनु भयो।

यसो त टेक्सि चालक तथा टेक्सि यातायात व्यवशायिले भने सरकार गम्भीर नभएको भाडा समायोजन नगरेको प्रति आक्रोश पोख्दै सरकारले एकलौटी रुपले आफुहरुमाथि कारवाहि गरेको कुनै सुनुवाइ नभएको गुनासो गरेका छन्।
यसैगरी जिल्ला प्रहरी कार्यालय गेटदेखि फिस्टेल हस्पिटल सडकखण्ड गैह्रापाटनमा डवल पार्किङ गरेर राखिएका करिव २६ बटा स्कुटर मोटरसाइकल लाइ नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो भने सवारी चालक आएपछि कारवाहिका लागि कागजपत्र लिएर चिट काटेर पठाइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जानकारी गराएको छ।





















