पोखरा / बुधबार ९/
झट्ट टेक्सि भन्ने बित्तिकै बैमान ठग सोच्ने मानिसहरूको हेर्ने सोच्ने दृष्टिकोणलाई पोखरा वसपार्कमा टेक्सि चलाएर जीवन यापन गर्दै आइरहेका पोखराको बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित एक ट्याक्सी चालकले आफ्नो इमानदारीता देखाएर झुटा सावित गराइ दिएका छन्।

बसपार्क ट्याक्सी सेवा केन्द्रबाट सञ्चालित ग १ ज ३३८१ नम्बरको ट्याक्सी चालक वुद्दि वहादुर नेपालीले आफ्नो टेक्सिका यात्रा गर्ने क्रममा यात्रुको छुटेको पैसा फिर्ता दिँदा इमानकै कारण इमानदारीताको इनाम स्वरुप ३ हजार रुपैयाँ पाएका हुन् । बसपार्कबाट उनको ग १ ज ३३८१नम्बरको टेक्सिमा चढेर छोरेपाटन जानेक्रममा शिवराज न्यौपानेको २६ हजार ३ सय रुपैयाँ पैसा र मोबाइल छुटेको थियो ।
उनले ट्याक्सीमा पैसा र मोबाइल छुटेको पत्तो पाएनन् । तर, पछि खोज्दै जाँदा ट्याक्सी चाकलले इमान्दारिका साथ फिर्ता गरिदिएपछि ती यात्रु न्यौपानेले उनको त्यो इमानदारिता देखेर खुसि हुदै इमान्दारिताको कदर गर्दै सम्मान पुर्वक ३ हजार रुपैया प्रदान गरेका हुन् ।
