Wednesday, April 30News That Matters

नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्र महानगरमा एकै दिन १० वडामा  अधिवेशन सम्पन्न 

यो समाचार शेयर गर्नुहोस्

१७ अौ गणतन्त्र दिवसकै दिन नेपाल कम्युनिस्ट पाटि माओवादी केन्द्र महानगर कमिटी पोखराले गणतन्त्र दिवसकै दिन पारेर १५ गते   मङ्गलवार  १० वडामा एकै साथ अधिवेशन सम्पन्न गरेको छ।

सोही क्रममा  वडा नम्बर १७ ले  केन्द्रीय सदस्य तथा पुर्व भुमि आयोग अध्यक्ष  गँगा पोख्रेलको पुमुख आतिथ्यमा वडा अधिवेशन सम्पन्न गरेको छ।  अधिवेशनले गान्धी कुमारी गुरुङको नेतृत्वमा २१ सदस्यिय कमिटी सर्वसम्मत चयन गरेको हो। 

१० वडामै एकैदिन गरिएको अधिवेशनबाट  सबै वडामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको माओवादी केन्द्र महानगर कमिटि पोखराले जनाएको छ। 

गणतन्त्र दिवसकै अवसरमा एकैदिन गरिएको अधिवेशनबाट पोखरा महागनरपालिका वडा नं ५ मा नारायण प्रसाद वरालको अध्यक्षतामा १५ सदस्यिय कमिटी  सर्वसम्मत चयन गरिएको छ भने

 वडा नं १० मा किरण प्रसाद भट्टचनको अध्यक्षतामा १३ सदस्यिय कमिटी 

,वडा नं १४ मा दुर्गा पोखरेलको अध्यक्षतामा १९ सदस्सीय कमिटी , वडा नं २१ मा यवराज आचार्यको अध्यक्षतामा २५ सदस्सीय कमिटी  गठन गरिएको छ। 

यसैगरी वडा नं २२ मा गणेश प्रसाद वराल(रमेश)को अध्यक्षतामा १८ सदस्सीय कमिटी  ,वडा नं २७ मा गोविन्द वाग्लेको अध्यक्षतामा २२ सदस्यिय कमिटी ,वडानं ३० मा भरतराज न्यौपानेको अध्यक्षतामा २३ सदस्सीय कमिटी ,वडा नं ३१ मा मदन कोईरालाको अध्यक्षतामा २१ सदस्सीय कमिटी  , वडा नं ३२ मा अध्यक्ष यज्ञप्रसाद अधिकारी को अध्यक्ष्यतामा ४५सदस्यीय वडा कमिटी र ६ सदस्य बैकल्पिक सदस्य रहने गरि वडा समिती सर्वसम्मत रुपमा गठन गरिएको माओवादी केन्द्र पोखरा महानगर कमिटीले जनाएको छ ।

प्रतिकृया दिनुहोस