गणतन्त्र दिवसकै दिनमा उप प्रधानमन्त्री तथा गृहमन्त्रि रविलामिछानेले महिलाको स्वास्थ्यमा मध्यनजर गर्दै अबदेखि महपला ट्राफिक प्रहरीलाई महिनावारीको बेला महिलालाइ हुने कष्ट र समस्या र पिडालाइ ख्याल गर्दै महिनावारी का ४ दिन सडकमा खट्नु नपर्ने घोषणा गर्नु भएको छ।जसले गर्दा सडकमा खटिने महिला ट्राफिक प्रहरिलाइ डिउटिमा केही सहज हुने भएकोछ ।
गृहमन्त्री रवि लामिछानेले छिटै नै महिला ट्राफिक प्रहरिका लागि महिला लाई हुने मासिक महिनावारि हुदा आइपर्ने समस्या बाट मुक्त गर्नका लागि अब भने महिला ट्राफिक प्रहरिले सडकमा खटिएर डिउटि गर्नु नपर्ने सानो प्रयास मात्रै गरेको सामाजिक सञ्जाल मार्फत वताएका छन्। महिला ट्राफिक प्रहरीका लागि यी ४ दिन अन्य दिन भन्दा कष्टकर वितााउनु पर्ने हुदा सडकमा खटिएर डिउटि गर्दा अत्यन्तै असहज अवस्थामा डिउटि गर्नु पर्ने थियो ।
गृहमन्त्री लामिछानेको यो निर्णयले बर्षौदेखि यस्तो अवस्थामा पनि कष्टकर डिउटि गर्दैआइरहेका महिला ट्राफिक प्रहरिलाई केही राहत हुने भएको छ। यसो त कुनैपनि क्षेत्रमा काम गर्ने महिलाका लागि महिनावारीका यी चार दिन कष्टकर नै हुन्। समाज जति नै आधुनिकता मा प्रवेस गरेपनि महिलाले यी कष्टकर ४ दिनको बारेमा खुलेरै भन्न नसकेको अवस्था छ। मन्त्री लामिछानेको यो घोषणाले महिलाका लागि थप राहत हुने देखिएको छ।
बर्षौदेखि महिलाका लागि यि ४ दिन विदा लिनका लागि पनिअन्य कारण वा बिमारि भएको वताएर विदा लिनुपर्ने अवस्था थियो । यसो त देसमा गणतन्त्र आएको १७ बर्ष विति सक्दा पनि महिलाका हकअधिकार जति नै थप भएपनि महिलाका लागि सबैभन्दा कष्टकर यी दिनका बारे भने ससदमै पुगेका महिला तथा महिला अधिकार क्षेत्रमा काम गर्ने महिला अधिकारकर्मिले यसबारे कहि कतै आवाज उठाएको भने सुनिदैन।
त्यसमा पनि सुरक्षामा खटिने महिला प्रहरिका लागि चेनअफ कमाण्डको सिद्दान्त अनुरुप चल्नु पर्दा महिनावारी को बेलाका यी ४ दिन सडकमै खटिएर डिउटि गर्नु पर्दा अत्यन्तै कष्टका साथ दिन विताउनु पर्ने बाध्यता रहदै आएको थियोे । गृहमन्त्री लामिछानेले महिनावारी का यि ४ दिन महिला ट्राफिक प्रहरिले सडकमा खड्नु नपर्ने वताइ रहदा सडकमा सवारी दुर्घटना बाहेक सवारी तथा ट्राफिक नियम उलङ्घन गर्ने सवारी चालकलाई जरिवाना कारवाहि गर्नु भन्दा कुन प्रकृतिको गल्ती हो सोही प्रकृति अनुसार आफुले गरेको सवारी तथा ट्राफिक नियम उलङ्घन अनुसार नै सडकमै स्वयसेवकको रुपमा सहयोग गर्नु पर्ने गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल मार्फत वताएका छन्। सञ्जाल मार्फत वताइएको सो घोषणा कहिले देखि लागू गरिने बारे भने उल्लेख गरेका छैनन् ।