Saturday, February 15News That Matters

धौलागिरी विद्यार्थी  समाज पोखरा विश्वविद्यालयले चित्रकला प्रतियोगिता तथा प्रर्दर्शन आयोजना गर्ने

यो समाचार शेयर गर्नुहोस्

पोखरा,  जेठ १६ । धौलागिरी विद्यार्थी  समाज पोखरा विश्वविद्यालयले चित्रकला प्रतियोगिता तथा प्रर्दर्शन आयोजना गर्ने भएको छ । आउँदो जेठ २३ गते बुधबारका दिन कार्यक्रम सञ्चालन हुन लागेको हो । उक्त कार्यक्रममा प्रतियोगिले स्वतन्त्र रुपमा आफ्नो कला  देखाउन पाउने  छन् । 

पोखरा विश्वविद्यालयमा  हुन लागेको यस प्रतियोगितामा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत  सम्पूर्णले भाग लिई आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउनेछन् । उक्त प्रतियोगितामा उत्कृष्ट पाँचमा पर्न सफल हुने चित्रकला बजारीकरण गरिने  र दीर्घकालिन रुपमा आर्ट ग्यालेरीमा राखी  प्रदर्शनी गरिने व्यवस्था रहेको जानकारी समाजका अध्यक्ष विकास जङ्ग कुँवरले  गराउनु भएको छ । 

कार्यक्रमलाई सम्पन्न गर्न सबैको साथको आवश्यकता भएकाले सहयोग गर्न विद्यार्थी कल्याणकारी समाजका कार्यकारी निर्देशक सन्तोष गुप्ताले आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस