Sunday, March 23News That Matters

गणतन्त्रको अवसरमा सामाजिक सञ्जाल मार्फत गृहमन्त्रीको घोषणा

यो समाचार शेयर गर्नुहोस्

गणतन्त्र दिवसको अवसरमा उपप्रधानमन्त्री  तथा गृहमन्त्री  रवि लामिछानेले सामाजिक सञ्जाल मार्फत अबदेखि महिला ट्राफिक प्रहरिले महिनावारी को बेला ४ दिन सडकमा खटिएर डिउटि गर्नु नपर्ने घोषणा सगै दुर्घटना बाहेक सवारि नियम उलङ्घन गर्ने सवारि चालकलाइ समेत कारवाहि जरिवाना भन्दा पनि  गल्ती अनुसार  सडकमै  स्वय सेवकको रुपमा सहयोग गर्नु पर्ने  घोषणा गर्नु भएको छ। गृहमन्त्री लामिछाने को घोषणाले  महिला प्रहरी वृतमा भने एउटा खुसि छाएको छ।

oplus_2

यसै क्रममा  हामिले कास्की प्रहरी कार्यालय कार्यरत महिला ट्राफिक प्रहरी प्र स  नि जौमाया राना सग यसबारे  जानकारी लिदा  भने गृहमन्त्री लामिछाने ज्युले महिलाको हितका लागि  गरेको घोषणा यदि कार्वन्यनमा आयो भने महिला ट्राफिक प्रहरीका लागि  खुसि छाउनुका साथै  स्वागतयोग्य र हितकर रहने वताउनु भयो। 

कास्की ट्राफिक प्रहरी कार्यालय वरिष्ठ प्रना नि तथा सुचना अधिकारि मीन खड्का ज्यु सग यसबारे जानकारी लिने क्रममा यस बिषयमा  सामाजिक सञ्जाल मार्फत घोषणा भएको सुनेको तर माथि बाट भने सर्कुरल आइ नपुगेको जनाउदै सुचना अधिकारि खड्काले महिला ट्राफिक प्रहरी अन्य अवस्था जस्तो रहेपनि महिनावारिको बेला शारिरिक  अवस्था  कमजोर रहने हुदा सडकमा खटिएर डिउटि गर्न समस्या रहेको  भन्दै विशेष गरेर   महिला प्रहरिलाइ जससुकै मौसममा पनि सडकमा खटिनु परेको सास्ती खेप्नु परेको जान्दा जान्दै पनि चेनअफ कमान्ड नितिका कारण स्व विवेक प्रयोग गरि छुट्टि दिन पनि नसकि रहेको अवस्थामा गृहमन्त्रि  ज्युको घोषणाले  रातदिन नभनिकन सडकमा खटिने महिला ट्राफिक प्रहरिको मनोबल बढ्ने  खड्काले वताए।  

oplus_34

कास्कीमा भने सवारि नियम उलङ्घन गर्नेलाइ जरिवाना चिट काट्ने गरेको भएपनि मापसेमा परि चिट काटिएका लाइ भने शनिवार बाहेक दैनिक  ट्राफिक सचेतना क्लास तथा प्रशिक्षण  गराउदै आएको वताए। आगामी दिनमा सर्कुरल  प्राप्त भए पछि माथिकै निर्देसन बमोजिम काम कारवाहिलाई अगाडि वढाउने वताए। 

यसो त कास्की ट्राफिक प्रहरी   ट्राफिक व्यवस्थापन भन्दा पनि   चेकजाचका नाममा चिट काट्न मै केन्द्रित रहेको आम सवारि चालकको गुनासो रहदै आएको छ।

प्रतिकृया दिनुहोस