हिजो देसमा राजतन्त्र थियो राजाबाट राजसस्था बाट मात्रै हैन दरवारिया राजसस्था निकट भाइ भारदार बाट अन्याय अत्याचार भयो नेपालि जनता माथि शोषण दमन भयो मुट्ठि भरका शासकहरुले देसमा मनपरि गरे । नेपालि जनता आफ्नो हक अधिकार वाट वञ्चित हुनु पर्यो। भन्दै नेताहरुले जैले पनि जनताका हक अधिकार सुनिश्चितता का लागि शासक र व्यवस्था परिवर्तन आजको आवस्यकता भन्दै विभिन्न खाले सघर्ष आन्दोलन दसबर्षे जनयुद्ध जनआन्दोलन को घोषणा गरे नेपालि जनताले पनि सातशाल देखि पटकपटक विश्वास गर्दै आए । पटकपटक साथ दिदै आए । जसले गर्दा नेपालिजनताको आवेस र आवेगकै कारण पटकपटक देसमा ठुलो राजनितिक हवाहुरि मात्रै चलेन पुरै भुइचालो नै आएजस्तो गरि पटकपटक पुरानु राज्यसत्ता सरचना लाई भत्काउदै सघिय लोकतान्त्रिक गणतन्त्र सहितको नया राज्यसत्ता स्थापित भयो ।



देसै गणतन्त्रमय भयो । सर्वत्र गणतन्त्रको चर्चा चल्न थाल्यो नेपाली जनता आफ्नो हक अधिकार सुनिश्चित हुने भए सहज जिवनयापन गर्न पाइने भो स्वदेसमै केहि गरेर खान पाइने व्यवस्था सहितको अवस्था आउने भयो भनेर खुसिले गद् गद हुदै जित कसको नेपालि जनताको गणतन्त्र जिन्दावाद भन्दै बडो विजय प्राप्तिको बिगुल फुक्दै विजयि नारा सहित सडकमा निस्किएर विजयि जुलुस निकालेर पुरै देसैभरका शहरका सडकहरु ढाकिने गरि गणतन्त्र जिन्दावाद भन्दै नारा लगाउदै गणतन्त्र दिवस मनाएको सायद दुइ दसक पनि भएको छैन। बर्षौ देखि मनाउदै आइ रहेको गणतन्त्र दिवस लाई राष्ट्रिय उत्सवको रुपमा मनाउदै आइ रहेक नेपालि जनता आज पनि हामी राष्ट्रिय गणतन्त्र दिवस मनाइ रहेका छौ। तर शुरुवाति अवस्थामा हामिले मनाउदै आइरहेको गणतन्त्र दिवस आजका दिनसम आइपुग्दा भने उहीँ छातिमाथि ढुङ्गा राखि हास्नु पर्याछ भनेजस्तै गरि विवसतै विवसताकै घेरा भित्रै बाधिएर गणतन्त्र दिवस मनाइ रहेका छौ।
तर यहा आज भन्नै पर्ने हुन्छ हिजोको जस्तो आसावादि राष्ट्रिय गणतन्त्र दिवस आज हामि नेपाली जनताले मनाइ रहेका छैनौ। यतिबेला केहि अञ्जुलिभरका शासक प्रशासक र उनका आसेपासे बाहेक अरु नेपालि जनताले मनै खोलेर पुर्ण खुसि भएर ओभानो आखाले रङ्गिन सपना देख्दै गणतन्त्र दिवस मनाइ रहेका छैनौ । यतिबेला नेपाली जनता को नै खुसि छन् र सबै दुख पिडै पिडा सास्ति खेप्दै निरास मनलिएर घरपरिवार आफन्त इष्ट मित्र साथिसङ्गि सम्झदै विवसता नै विवसताका साथ बाचि रहेका नेपालि जाताले आसु पुछ्दै राष्ट्रिय गणतन्त्र दिवस मनाइ रहेका छन् त कतिले एकोहोरो गणतन्त्र लाइ कहाँ छ गणतन्त्र कस्तो छ भनी टोलाउदै बादलु को घेराभित्र हेर्दै गणतन्त्र लाई नियालि रहेका छन् खोजि रहेका छन् र आफुले आफैलाई प्रस्न गर्दै सोधि रहेका झन् ओइ मुर्ख यहि हो तैले सपनामा देखेको गणतन्त्र भनेर सोधि रहेका छन्। एकोहोरो घोरिइ रहेका छन्।
यहाँ गणतन्त्र प्रति किन प्रस्नहरु उठ्न थालेका छन्।भनि रहनु पर्दैन आम नेपाली जनताले भोगि रहेका छन् देखि रहेका छन्। बुझि रहेका छन्। हिजो नेताहरुले भाषण गर्दा भनेको गणतन्त्र यो होइन हुनै सक्दैन। कित नेताहरुले बाटो बिराए कि त नेपालि जनतालाइ धोका दिए । भन्नै पर्ने अवस्था आएको छ। त्यसैले त समयले पनि सबै दल र नेताहरुलाइ सङ्केत गरि रहेछ कि त सच्चिनु कि त सक्किनु अब अरु विकल्प छैन भन्ने सन्देस समेत दिएको छ। त्यसैले भन्नै पर्ने हुन्छ अब गणतन्त्र दिवस गणतन्त्रमै सिमित नरहोस् गणतन्त्र नेपालि जनताका लागि गाणतन्त्र नबनोस्। फेरिपनि राष्ट्रिय गणतन्त्र दिवसको सबैमा शुभकामना





















