Sunday, May 18News That Matters

सगरमाथा आरोरहण गरि फर्किने क्रममा निधन भएका बस्ताकोटिको शवयात्रा सहित अन्त्यष्टि

यो समाचार शेयर गर्नुहोस्

सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा निधन भएका पोखरा महानगरपालिका वडा नंं २६ का  युवा पर्यटन व्यवशायि  विनोद बाबु बस्ताकोटीको शुक्रबार मरेखरे घाटमा अन्त्येष्टी गरिएको छ । सगरमाथाको आरोहणपछि आधारशिविरमा फर्कने क्रममा  जेठ ९ गते साझ ५ बजे वहाको निधन भएको थियो ।

बस्ताकोटी ८ हजार २ सय ५ मिटरको उचाईको चौथो शिविरमा आईपुग्दा अचानक विरामी भई दुःखद निधन भएको हो । स्वर्गिय बस्ताकोटीको निवासबाट शबयात्रा गरी पार्थिव शरिरलाई पोखरा सभागृहमा श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री, सुरेन्द्र पाण्डे, निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, पोखरा वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापा, वडा नंं १३ का वडाध्यक्ष किरण बराल, वडा नंं २५ का वडाध्यक्ष एवं महानगरका प्रवक्ता मोतीराज तिमिल्सेना, जिल्ला स्थित सरकारी कार्यालय  तथा सुरक्षा निकाय प्रमुख  कर्मचारीहरुको साथै आम नगरवासिहरुको  सहभागीता रहेको थियो । बस्ताकोटीलाई पोखरा महानगरको नगरप्रहरीले सलामि सम्मान  गरेको थियो ।

 पोखरा महानगरपालिका वडा नं. २६ का वडाध्यक्ष नरेन्द्र थापाले एक शोक बक्तव्य जारी गर्दै, वस्ताकोटीको निधनले अपुरणिय क्षती पुगेको उल्लेख गर्दै  सगरमाथाको सफल आरोहण गरी आधार शिविरमा फर्कने क्रममा भएको बस्ताकोटीको निधनले वडा नंं २६ ले एक नक्षत्र गुमाएको बताउँदै, दुःख प्रकट गर्दै अध्यक्ष थापाले दुःखको घडीमा मृतआत्मा प्रति भावपूर्ण श्रद्धाञ्जली र परिवारजनमा समवेदना ब्यक्त गर्नु भएको थियो ।

सोही घडिमा स्वर्गिय बस्ताकोटीलाई वडा नंं २६ ले वडा रत्न घोषणा गर्दै, वहाको स्मरणमा प्रत्येक बर्ष एक युवालाई साहसी युवा सम्मान प्रदान गरिने अध्यक्ष थापाले बताउनु भयो  ।

 यसअघि  बस्ताकोटिले सन् २०२३ को नोभेम्बर १ तारिखमा ६ हजार १४५ मिटर अग्लो लोवुचे पिक सफल आरोहण गर्नु भएको  थियो । चाइनिज, स्पेनिस र अग्रेजी भाषामा  अव्वल  दख्खल राख्ने बस्ताकोटीले अन्तराष्ट्रिय पर्वतालय गाईडको समेत तालिम लिनु भएको थियोे ।

बिगत १५ बर्ष देखी पर्यटन ब्यबसायमा क्रियाशिल रहँदै आउनु भएका बस्ताकोटीको निधनले  विभिन्न सघ सस्थाले समेत  पोखराको मात्रै नभइ सिङ्गो राष्ट्रको समेत अपुरणिय क्षति भएको वताउदै  शोक विज्ञप्ती जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

२०४३ सालमा कास्कीको पोखरा महानगरपालिका वडा नंं २६ खरानेमा बुवा बाबुराम बस्ताकोटी, आमा विष्णु माया बस्ताकोटीको कोखबाट जन्मिएका बस्ताकोटीका आमा, श्रीमती, एक दुई दाई, एक दिदी र एक बहिनी छन् ।

प्रतिकृया दिनुहोस