गण्डकी प्रदेसका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले विश्वासको मत प्राप्त गर्नु भएको छ।
नेपाल कम्युनिस्ट पाटि (माओवादी केन्द्र) को चुनाव चिन्ह बाट निर्वाचित साँसद फणीन्द्र देवकोटाले फ्लोर क्रस’ गरेपछि मुख्य मन्त्री पाण्डेले विश्वासको मत प्राप्त गर्न सफल हुनु भएको छ।




मुख्यमन्त्री पाण्डेले सोमवार प्रदेशसभामा राख्नुभएको विश्वासको मतको प्रश्तावमा ३१ मत परेको हो । पाण्डेलाई नेपाली काँग्रेसका २७, राप्रपाका दूई तथा स्वतन्त्र राजीव गुरुङ र देवकोटाले मत दिएका हुन् । विश्वासको मतको प्रश्तावको विपक्षमा नेकपा(एमाले)का २२ र माओवादी केन्द्रका ६ गरी २८ मत परेको छ ।
माओवादीबाट चुनाव जितेका सांसद फण्डिन्द्रले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि एमाले र माओवादीले सदनमा नारावाजी गरेका थिए ।
प्रतिकृया दिनुहोस





















