Friday, March 28News That Matters

राजनितीमा भित्रिएको विकृति

यो समाचार शेयर गर्नुहोस्

कुनै पनि देस राजनीति बिना अगाडि बड्नै सक्दैन देसको सम्वृदिका लागि राजनीति अति आवस्यक छ भन्ने कुरामा कसैको पनि दुई मत नरहला। जनताका हक अधिकार र उनको भबिष्य निर्धारणका लागि पनि राजनितिको त्यत्तिकै आवस्यकता पर्छ। राजनीति विना देस चलाउनु भनेको  विध्युत इन्धन बिना सवारि चलाउन खोज्नु जस्तो हो।देसको भबिष्य समेत राजनितिमा भर पर्छ। त्यसका लगि राजनिती गर्ने विभिन्न दलका नेता तथा कार्यकर्ता नेक इमानदार निडर निस्वार्थि देस र जनताप्रति जिमम्मेवार राजनितिज्ञ हुनु पर्छ । जसले पाटि विचार सिद्दान्त र सत्ता भन्दा माथि उठेर देस र जनताका लागि राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनता र शुशासनका लागि आफ्ना सारा स्वार्थलाइ त्यागेर राष्ट्र हितका लागि सत्तामा भन्दा पनि  जनतामा समाहित गराएर जनताका  लागि  निस्वार्थको तलाउमा पौडि खेल्न सक्छ त्यहि नै  वास्तविक राजनितिज्ञ बन्न सक्छ।

जसलाई आम जनताले समान सन्मान र आदर गर्न सकुन्। जसका कारणले देसको स्वाभिमान र गरिमा लाइ बचाउन बल पुगोस्। यहाँ यसो भनि रहदा केही महान् पात्र जसलाई विश्वले आजपनि स्मरण गरि रहेछ।   नेल्सन मण्डेला , माओ  ,मार्कस ,लेनिन, महात्मागान्धि,  पृथ्विनारायण शाह,  राजा  महेन्द्र, राजा  विरेन्द्र, विपि ,गणेश मान, कृष्ण प्रसाद भट्टराइ,  मदन भण्डारि, मनमोहन , यस्ता उदाहरणिय पात्र छन्  जसलाइ आज पनि जब जब राष्ट्रिय  राजनीति क सङ्कट  आइपर्छ तब तब  हामिले उनलाई स्मरण गर्छौ किन भने उनमा राष्ट्र प्रति समर्पित राजनीति  गर्ने दुर  दृष्टि  साथै  इमानदारीता  सहितको विशाल छाती थियो । जसले राजनितिलाइ   सच्चा इमानदारी राजनिती  कै रुपमा राष्ट्र को भबिष्यकै रुपमा   विकृति रहित राजनिती स्वच्छ सत्ताकेन्द्रित भन्दा पनि देस र जनता केन्द्रित राजनितिमा आफुलाइ समाहित गर्न सक्ने आट क्षमता र हैसियत राख्थ्ये। हिजो राजनीतिमा विचार थियोे। सिद्धान्त थियो। राजनीतिक सस्कार सस्कृति थियो।   

इमानदारीता थियो। राष्ट्रियता थियोे।

 तर आज आएर राजनीतिमा यी कुनै कुरा पनि नभए  जस्तो यी सबै कुरा विलिन भएजस्तो  राजनीतिमा विकृति आए जस्तो  विकृति र विसङ्गतिको राजनीति भएस्तो गरि    नेपालको राजनितीमा  भित्रिएको  विकृतिले गर्दा  राजनितक दल मात्रै हैन सिङ्गो देसनै तहस नहसको स्थितिमा पुग्ने खतरा बढेको छ। जसले गर्दा  राजनितिमा भित्रिएको विकृतिले गर्दा देस अङ्कगणितको ससदिय भासमा फसिएर देस मात्रै  हैन सत्ता समेत अनिर्णयको कठघरामा  पटकपटक उभिन वाध्य भएको छ।  पछिल्लो समय  नेपाली जनतालाइ  आफैले मतदान गरि जिताएको नेता पनि को कुन पाटिको भन्ने कुरा  छुट्याउनै मुस्किल  हुने त हैन भन्ने खतराका सङ्केत हरु देखा पर्न थालेकाछन्।   दलहरुमा  देखिएको चुनावमा सिट बढि ल्याउनका लागि  भएको गठवन्धन  त कहिले कार्यगत एकता का नाममा त  कहिले सत्ताका लागि चुनावताका एउटा पाटिका नेताले अर्को पाटिको चुनाव चिन्ह लिएर  चुनाव जित्ने अनि  त्यहि पाटि विपरित त कहिले सत्तामा त कहिले विपक्षमा उभिने प्रवृत्ति र राजनितिक सस्कृती जुन देखिन थाल्यो यसले   पाटि विचार सिद्धान्त को मात्रै  हैन देसको समेत भबिष्य अन्धकार तर्फ धकेल्न लागिएको ता हैन भन्ने शङ्का गर्नु पर्ने अवस्था आएको  मात्रै हैन  सघिय सरकार र केहि प्रदेस सरकार मा देखिएको अस्थिरता  दलका नेता  र माननिय हरुमा सत्ताका लागि देखिएको छलाङ्वादले समेत  नेपालको राजनीतिमा विकृति भित्रीएकै हो भन्ने  कुराको बलियो आधार मान्न सकिन्छ।

 जसले गर्दा नेपालका बिभिन्न दलका नेताहरुले राजनितिलाइ यति उपहास गर्दै जान थाले कि नेपाली जनताको नजरमा  आफै  कति पङ्गु भएको छु भन्ने कुराको समेत हेक्का राख्न छाडे।सत्ता बाहेक केहि पनि  नदेख्ने भए। यहासम्म कि  साना पाटि  र तिनका नेताहरु मात्रै हैन ठुला ठुला  पाटिका  नेताहरु समेत म कुन विरासत लिएर आएको पाटिको नेता हु मेरो पाटि कुन इतिहास बोकेको पाटि हो  मेरो पाटिको सिद्दान्त विचार निति के हो  हिजो जनता सग भोट माग्दा मैले कुन वाचा गरेको थिए भन्ने कुरा समेत बिर्सदै सत्ताका लागि  पाटि मात्रै हैन पुराना भन्दा पुराना वैचारिक सम्बन्ध मात्रै हैन  वैवाहिक  सम्वन्ध  समेत तोड्दै जाने त हैनन् भन्ने खतरा झन् दिनप्रतिदिन देखिन थाल्यो ।  त्यसैले  देसको राजनितिक अवस्था दल र नेताहरुमा देखिएको विचलन  लोभ लालच   स्वार्थपुर्ण वैमानपन राजनितीक चालचलन  देख्दा नेपालका विभिन्न दलका नेताहरुले सत्ताका लागि देखाएको गाइजात्रा  देख्दा  राजनीतिमा भित्रिएको विकृति भन्नै पर्ने हुन्छ। 

प्रतिकृया दिनुहोस