Sunday, March 23News That Matters

भ्रष्टाचारको दलदलमा राजनीतिक दल

यो समाचार शेयर गर्नुहोस्

हिजो इतिहास बोकेको ठूलो भनिएको उदारवादि प्रजातान्त्रिक भनिएको काङ्ग्रेस होस वा नौलो जनवादिको नीति लिएर आएको जवस मोर्चाकै बलमा धानिएको एमाले कम्युनिस्ट होस् वा दसबर्षे जनयुद्ध लडेर आएको सिङ्गो देसमै व्यवस्था परिवर्तन सहित पुरै सँघिय लोकतान्त्रिक गणतन्त्र ल्याउन र शासकीय स्वरुप परिवर्तनका लागि जेठो माहिलो  भनिएका दल  एमाले काङ्ग्रेस लाइ समेत  हातमा हात साथमा साथ भन्दै अघि बढ्न बाध्य गराउने क्षमता भएको माओवादि होस्। चाहे राजतन्त्रदेसमा जतिनै व्यवस्था परिवर्तन गरेपनि र शासक फेरेपनि पटकपटक नेपाली जनताले नेपालका दल हरुलाइ अवसर दिएर हेरेपनि नेपालमा जतिनै ठुला ठुला राजनितिक दर्शनका कुरा गरेर नेताहरुले भाषण गरे पनि विपिवाद मार्कसवाद लेनिनवाद माओवाद समाजवाद पुजिवाद श्रमवादका कुरा गरि रहेपनि नेपालका नेताहरुमा देखिएको स्वार्थ लोभ लालचकै कारण नेपालका राजनीतिक  दलहरु समेत  भ्रष्टाचार र दलालवादको घेरामा अल्झिन पुगेका छन्।  यो आजको अवस्था आज मात्रै जन्मिएको समस्या हैन यो अवस्था र समस्या दलहरु सग सगै सृजना भएका हुन् भन्दा खासै फरक न पर्ला ।

का नाममा उदय भएको गणतन्त्रको स्वाद लिएको वा   देसलाइ  प्ल‍टिङ गर्न पाइदैन भन्दा भन्दै सघियताको विरोध गर्दा गर्दै सघिय सरकारकै पोल्टामै मन्त्री पाएपछि लत्रिएको जनमोर्चा नै किन नहोस् । वा दसकौ इतिहास बनाएर आएका माधव नेपालले बनाएको एमाले फुटेपछि बनाएको  एकीकृत समाजवादि  नै किन नहोस् ।चाहे देसै भर बिभिन्न अधिकार र पहिचानका नाममा उदय भएका दल नै किन  नहुन् । चाहे स्वतन्त्र नाम लिएर उदय भएको राष्ट्रिय स्वतन्त्र दल नै किन नहोस् ।सबै दलमा सत्तालिप्साको स्वार्थि लालचको लालसाको रोगले प्रवेस पाएपछि  सबका सब दल भ्रष्टचार  तस्कर माफिया राष्ट्रिय तथा अन्तराष्ट्रिय दलाल शक्तिको निकट हुदै कहिले सत्तास्वाद त कहिले  भ्रष्टचाारको अचार र दलालस्वादमा रमाउदै जब बर्ष दसकौ विताउन थाले तब सबका सब दल भ्रष्टाचार र दलालवादको दलदलमा यसरि फस्सिए कि  देस र जनता भन्दा पनि सत्तामा रमाउन थाले जसले गर्दा  देस यतिबेला  भिरमा देखिएको गाईको जस्तो अवस्था बाट गुज्रि रहेको छ।  सोझासाझा सर्वसाधारण जनताको ता के कुरा गर्नु भनि साध्य छैन।

यहा दर्जनौ  प्रस्नहरु सबै दलहरुप्रति उठि रहेका छन् । किन दलहरु भ्रष्टाचार र  दलालवादको दलदलमा भास्सिदै छन् त किन दल हरु चाहेर पनि त्यो भ्रष्टाचारको दलदल बाट मुक्त हुन र उम्कन सकि रहेका छैनन्। यहाँ देसमा देखिएको अवस्था र दलका नेताहरुमा देखिएको प्रवृति र दलहरुको वेथितिको नीति विचार सिद्दान्त विहिन राजनीतिक यात्रा लाइ नजिकै बाट हेर्दा भ्रष्टचारको दलदलमा यति फसिदै जानथालेका छन् कि सत्ता बाहिर हुने वित्तिकै  मरे र गए भनेझै गरि पानि विनाको माछा झै छट्पछाइ रहेका मात्रै छैनन् ।कतिपय नेताहरु ता म को हु कुन पाटिको हु। मेरो दलको नीति के हो ।भन्ने कुरा समेत बिर्सदै जान थालेका छन्। जसले गर्दा सत्तालाइ भ्रष्टाचारको दल दल बाट बच्ने बचाउने सुरक्षाको कवच हो झै गरि रहेका छन्।जसले गर्दा कहिले सत्ता गठवन्धन त कहिले सत्ता समिकरण त कहिले कार्यगत एकता त कहिले नैतिकताको एकताको बहानाको खोजिमा भौतारिइ रहेका छन्। जसले गर्दा सरकार जहिले पनि कर्कलाको पातमा रहेको पानि जस्तो अवस्था  बाट गुज्रिइ रहेको छ। किन भने देस पुरै भ्रष्टाचारि र  भ्रष्टचारको जालोमा जकडिएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय  माफियाहरुको चङगुलमा बाधिएको  छ। 

भ्रष्टाचारको फायल खोल्ने कुरा आयो कि त  बिशेष गरेर ठुला भनिएका दलहरुका 

नेताहरुका लागि भालुको कम्पाडो समाते जस्तो भएको छ। यस्तो  हुनुको कारण अरु केहि नभएर बिभिन्न दलका नेताहरु कहि न कहि  कुनै न कुनै भ्रष्टाचारका काण्डमा मुछिएका छन्। यहाँ भनी साध्य छैन को भ्रष्टचारमा मुछिएको छ, हैन को मुछिएको छैन भन्नु पर्ने अवस्था छ। यहाँ ती दर्जनका दर्जन भ्रष्टचारका नाम भनेर साध्य पनि त छैन। किन दल र दलका नेताहरु यसरि दिनप्रतिदिन भ्रष्टाचारको दलदलमा फसिदै जान थालेका छन् त यसको मुख्य कारण दल र नेताहरुमा देस र जनताप्रति भन्दा पनि अकुत सम्पति कमाउने जमाखोर प्रवृतिले गर्दा  सत्ताका लागि जे पनि गर्न तयार हुने   सत्ता र कुर्चिका लागि पदिय दुर्व्यसनि जस्ता भएर कुनै न कुनै वहानामा  भ्रष्टाचार गरेर पैसा आर्जन गर्ने चुनावमा पैसाको खोलो बगाउने अनि वानेस्वर हुँदै कोहि सिहदरवार तिर त कोहि वालुवाटार तिरको यात्रामा होम्मिने पटकपटक सासद मन्त्री प्रधानमन्त्री हुदा पनि उहीँ बा मलाइ त्यै केटि चायिन्चे भन्ने गित सग मेल खाने गरि  दाइ मलाई त्यै कुर्चि चाहिन्छ भनेझै गरि रहेछन्। पछिला केहि बर्ष यता दलका नेताहरु  उहीँ जोगि देखि भैसि डरायो भैसि देख्दा जोगि डरायो भनेजस्तो जो गरि रहेछन् । त्यो अरु कुनै कारण नभएर भ्रष्टाचारको दलदलमा राजनितीक दल दिनप्रतिदिन  फसिदै जानु नै हो।

प्रतिकृया दिनुहोस