Tuesday, January 20News That Matters

भ्रष्टाचार भित्रै भ्रष्टाचार

यो समाचार शेयर गर्नुहोस्

देसमा यतिबेला जति सरकार को चर्चा चलि रहेछ त्यो भन्दापनि बढि भ्रष्टचार भित्र भइ रहेको भ्रष्टचारको चर्चा चलि रहेछ। चिया पसल देखि होटल बार रेष्टुरेन्ट कफिसप बारिका कान्ला खेत खलिहान चौर चौतारि सार्वजनिक स्थल जहातहि को बन्नेछ प्रधानमनत्रि सरकार कुन कुन पाटिले चलाउलान् भन्ने भन्दा पनि आम जनतामा भ्रष्टचार भित्र भ्रष्टचार भएको अनुमान लगाइ रहेका छन् । जहातहि भ्रष्टाचार कैे चर्चा मात्रै चलि रहेछ। नचलोस् पनि किन ? जति पनि भ्रष्टचार भएका छन् तिनमा ठुला ठुला भनिएका पाटिकै ठुला ठुला भनिएका नेता मात्रै हैन उनका परिवारजन आफन्तजन अगुवा पछुवा  हरुकै नाम जोडिएर , मुछिएर आइ रहेको अवस्था छ।चाहे प्रधानमन्त्री  मन्त्री सासद ठुला नेताहरु हेभिचेयर देखि लाइट चेयर घुम्ने कुर्चिदेखि नघुम्ने कुर्चि   सम्मका कर्मचारी  देखि लिएर अगुवा पछुवा सम्मका कोहि न कोहि कुनै न कुनै  भ्रष्टाचार मा मुछिएका कुरा हरु जति भ्रष्टचारका फायल खोल्दै गयो  त्यति नै छरप्रष्ट देखिएका छन्।  त्यसमा पनि कतै भ्रष्टाचारिको आरोप बाट वच्न त कतै  भ्रष्टचार बाट बचाउनकै  लागि  दल र नेताहरु मा दौडादौड छ ।त्यो हेर्न लायक छ। यहसम्म कि पहिला पहिला त कर्मचारि प्रहरि सरुवा गर्ने उस्तै परे वर्खास्तै गर्ने सम्मका हर्कत हुने गर्थ्ये भने पछिला केही बर्ष यता भ्रष्टाचार बाट बच्न बचाउनकै  लागि कतै चाहेर पनि पाटि छोड्नै नसक्ने त कतै  पाटि मात्रै हैन सरकारकै कुर्चि नै डगमगाउने सत्ता नै पल्टिने र पल्टाउने घिनौनो खेल दल र नेताहरु बाट जो हुदै गइ रहेको छ । नेताहरुको यो  अराजनीतिक तथा कृतिम  तथा नाटकिय चर्तिकला  देख्दा नेपालि जनता यती रुष्ट र आक्रोस छन् कि  समय आएपछि गतिलै झापड दिने सङ्केतहरु देखा पर्न थालेका छन्।

 किन भने देस यिनै ४६ पछि  पटकपटक सत्तामा गएका हालिमुहालि गर्दै आएका दल र नेताहरु बाटै सिर्जित  भ्रष्टचार र  उत्पादित भ्रष्टचारिले गर्दा रिणै रिणमा यति चुर्लुम्मै डुवेको छ कि त्यो गहिराइ नाप्नै नसकिने अवस्था छ। 

यहाँ  भ्रष्टचारले यति जरा गाड्यो कि भ्रष्टाचारकै विशाल वृक्ष बन्दै गयो भ्रष्टाचारि यति हुदै गएकि भ्रष्टाचार विरुद्द आवाज उठाउने र विरोध गर्नेहरु अल्पमतमा पर्न थाले यसको कारण अरु नभएर भ्रष्टाचार भित्रै मौलाउदै आएको भ्रष्टाचार नै हो। किन भने राष्ट्र राष्ट्रियता राष्ट्रिय स्वाधिनताका लागि राजनिती गर्ने हरु भन्दा पनि  ठुला ठुला व्यापारी घरानाका पार्टनर ठेकेदार अन्तर्राष्ट्रिय तस्कर र माफिया हरुसग घाटि र घुडा जोडेर अकुत सम्पती कमाउने भुत सवार भएका  मन्त्री नेताहरुले राजनिती का नाममा सत्तामा जाने र मनपरि  हालिमुहालि गर्नेहरु  नितिगत भ्रष्टाचार र साझेदारी भ्रष्टाचारि गर्न र भ्रष्टाचार बाट बच्न र बचाउन देसकै अस्मिता नै किन  नलुटियोस् व्यवस्थानै   परिवर्तन गर्न किन नपरोस् उनिहरु तयार छन् किन भने उनलाइ देस र जनता भन्दा अकुत कमाएको सम्पति र सत्ता नै प्यारो छ।।

हिजो देस र जनताका लागि जे पनि त्याग गर्न तयार छौ भन्दै  जनताकै अगाडि उभिएर भाषण गर्दै प्रतिवद्दता जनाउने हरु आज देस भाडमा जाय भनेझै गरि पुरै देस बाढि पहिरो र डुवानमा परेर राष्ट्रले अरवौ क्षति व्यहोरि रहेको बेला  सत्ता र कुर्चिलाइ नै सम्पति ठान्दै दलाल भ्रष्ट माफियाकै सति गएझै गरि रहनु भनेको भ्रष्टाचार भित्रै अर्को भ्रष्टचार गरेर भएपनि भ्रष्टचार बाट बाच्न र वचाउन खोज्नु नै हो भन्दा फरक नपर्ला कि?

हुन पनि नेपालमा यस्तो भ्रष्टाचार यसरी मौलाउदै जान थाल्यो कि भ्रष्टाचार भित्रै फेरि अर्को भ्रष्टाचार हुन थाल्यो।जसमा राजनीतिका नाममा राजनिति लाई कतै पेसा भ्रष्टाचार गर्ने थलोको रुपमा प्रयोग गर्न थालियो।पाटि र सगठनका नाममा गरिने भ्रष्टचारले झन् देसै बर्वाद पार्यो यसो कुनै नेता मन्त्रि  कार्यकर्ता वा कर्मचारी लाई भ्रष्टचारको आरोप लाग्यो कि कतै पटिले आपत्ति प्रकट गर्ने कतै कर्मचारी लाई अनुसन्धानका लागि भनेर प्रहरिले  पक्राउ गर्यो कि राजनिती  पुर्वाग्रह राखेर पक्राउ गरेकोमा भन्दै विज्ञप्ति सहित आपत्ती जनाउने भ्रष्टाचार भनेको देसको शत्रु हो  र भ्रष्टाचारि  भनेका धमिरा हुन्   भ्रष्टाचारिको कुनै पाटि हुनै सक्तैन ।भन्नू ता कता हो कता  त्यस्ता भ्रष्टाचारि हाम्रो पाटि र सगठनका हुनै    सक्तैनन् भन्नू ता परैको कुरा उल्टै   झन् पाटिकै ठुला ठुला नेताहरुले समेत  अनुसन्धान  अवधि  ता परैको कुरा २४ घण्टा पनि पर्खन नसकेर छट्पटाउदै सिङ्गो पाटि माथिको आक्रमण हो भन्दै विज्ञप्ति र अभिव्यक्ति दिन थाल्छन्।भनेपछि देसमा भ्रष्टाचार कसरि अन्त्य हुन सक्छ ?यति बेलाको जटिल प्रस्न यहि छ।

 एकतिर  भ्रष्टाचार बाट वच्न र बचाउन राजनीतिक प्रपञ्च र  प्रोपोगाण्डा मच्चाइन्छ अर्को तिर  भ्रष्टचार बाट बच्ने र बचाउने नाममा झन् ठुला ठुला भ्रष्टचार हुन्छन्  । कतै  भ्रष्टाचार बाट बचाइदिने नाममा त कतै बच्ने  नाममा भित्र भित्रै भ्रष्टाचार हुने अर्को रोगले सिङ्गो  देसै ग्रसित छ। तर पछिल्लो समय यता आएर  देसै भर  ठुला माछाको चर्चा राम्रै सग चल्न थाल्यो  जुन चर्चाले भ्रष्टाचारिका फायल खोल्ने  भन्ने चर्चाले राम्रै स्थान लियो नेपाली जनतामा एउटा उत्साहित चासो  बढ्न थाल्यो  कि अब देसमा आजसम्म भएका भ्रष्टचारका फायल खुल्ने भए भनेर  नेपालि जनता जति  उत्साहित थिए ।त्यति नै निरुत्साहित हुँदै जान थाले । कारण अरु केहि नभएर देसैभर दसकौ नेपालको राजनितिमा जीवन नै व्यतित गरेका  नेताहरु र उनकै  निकटताका नेता र कार्यकर्ता हरुकै नाम  जब सार्वजनिक हुन थाले । तब हरेक पाटिका पिल्लर र मैन खामो नै हल्लिन थाल्यो तब नेपालको  राजनितिले  कोल्टे  फेर्ने सङ्केत मात्रै देखिएन राजनिती  भुकम्प र पराकम्पन हुने खतरा पैदा हुन थाल्यो। भ्रष्टाचार  मात्रै हुनु हैन  भ्रष्टचार भित्र भ्रष्टाचार  हुनु र यस्तो  अवस्था आउनु  भनेको  ठुला भनिएका  सत्तामा पटकपटक पुगेका दल र नेताहरु  नै भ्रष्टचार बाट कोहि पनि अछुतो नदेखिनु नै हो भन्न सकिन्छ। यतिबेला  देसमा देखिदै जान थालेको  राजनीतिक उथलपुथल पनि देस र जनताका लागि भन्दा पनि  भ्रष्टाचार भित्रको भ्रष्टचार र  भ्रष्टचार बाट बच्न र बचाउनका लागि  खेलिएको राजनितिक खेल त हैन भन्ने शङ्का आम नेपालिको मनमा उत्पन्न हुन थालेको छ।

प्रतिकृया दिनुहोस