Friday, March 28News That Matters

सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुने गरी काम गर्छु : मन्त्री दाहाल

यो समाचार शेयर गर्नुहोस्

काठमाडौँ — नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक दुर्घटनासम्बन्धी समस्या तत्काल समाधान हुने गरी काम गर्ने बताएका छन् । देशभर सडक दुर्घटनाका कारण ठूलो जनधनको क्षति भइरहेका बेला उनले सोमबार सिंहदरबारमा पदभार ग्रहण गर्नेक्रममा सो प्रतिबद्धता व्यक्त गरे ।
सडक दुर्घटनासम्बन्धी समस्या तत्काल हल हुने गरी काम गर्छु : मन्त्री दाहाल
मन्त्री दाहालले विकास निर्माणको काम ठप्प भइरहेको उल्लेख गर्दै त्यसलाई समाधान हुने गरी काम गर्ने बताए । उनले सडकसम्बन्धी नीतिलाई क्रमशः प्राथमिकताको आधारमा अघि बढाउने समेत बताए ।
मन्त्री दाहालले भने, ‘समस्याहरु धेरै छन् । सडक दुर्घटनाका कुराहरु हामीले दिनानुदिन भोगिरहेका छौं । यो विषय हाम्रो मन्त्रालयसँग सम्बन्धित छ । र सडक दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने ? भन्ने विषय चुनौतीपूर्ण छ । त्यसलाई कुन ढंगले गर्न सक्छौँ ? तपाईहरुसँग छलफल गरेर समाधान गर्छौं । अर्को राष्ट्रिय यातायात नीति क्याबिनेटमा पठाउने निर्णय गरेका छौं । नीति निर्माण चाँहि महत्वपूर्ण कुरा हो । जबसम्म नीति बन्दैन, तबसम्म हामीलाई काम गर्न सजिलो पनि हुँदैन ।’

मन्त्री दाहालले आफू पहिलो पटक मन्त्री भएपनि लामो समय संसद्‌मा काम गरेको आधारमा आफूलाई कार्यभार पूरा गर्न कठिन नहुने दाबी गरे । श्रोत:-कान्तिपुर

प्रतिकृया दिनुहोस