Sunday, March 23News That Matters

पहिलो पाईला नेपाल पोखरा शाखाको छैटौं शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रम

यो समाचार शेयर गर्नुहोस्

पहिलो पाईला नेपाल पोखरा शाखाको छैटौं शाखा अधिबेशन तथा पद हस्तान्तरण कार्यक्रम शाखा अध्यक्ष विकास जङ्ग कुँवरको अध्यक्षता र कास्कीका  प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेको प्रमुख आतिथ्य मा २०८१ असार २९ गते शनिबार  सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्र.जि.अ. ले युवा हरुले देशमा नै पसिना बगाउन सके यो मुलुक साच्चिकै समृद्ध  बन्ने कुरा बताउनु भयो ।

शाखा अध्यक्षले आफ्नो कार्यकालमा विभिन्न ठाउँबाट सहयोग पुराउनुहुने सबैलाई सम्झदै कृतज्ञता व्यक्त गर्नु भएको थियो साथै  आफ्नो कार्यकालमा उत्कृष्ट भुमिका निर्वाह गर्नेलाई हौसला स्वरुप सम्मान गर्दै वार्सिक कार्य प्रतिवेदन पेस गर्नु भएको थियो । त्यस लगत्तै पहिलो पाइला नेपाल पोखरा शाखाका संस्थापक सल्लाहकार सन्तोष न्यौपानेको नेतृत्वमा तीन सदस्यीय  निर्वाचन मण्डल घोषण गर्दै आफनो कार्यकाल समापन भएको घोषणा गर्नुभएको थियो ।

सोही निर्वाचन मण्डलले सहमतिमै वर्ष २०८१/८२ का लागी अध्यक्ष केनुका थापाको नेतृत्वमा ११ सदस्यीय समिती घोषण गरेको थियो । सर्वसम्मत रुपमा निर्वाचित  तपसिलका पदाधिकारि ज्युहरुलाई हार्दिक बधाई साथै सफल कार्याकालको शुभकामना व्यक्त गर्दछौं ।
अध्यक्ष: केनुका थापा
उपाध्यक्ष: पुनम शर्मा
सचिव: विमान अर्याल
कोषाध्यक्ष: अर्जुन पौडेल
सह-सचिव: सिम्रन घिमिरे
सह कोषाध्यक्ष: रबिना बस्नेत
रसदस्यहरु:
कृष्ण गिरी
अनुभूति घिमिरे
सुजना सिलवाल
विजय पौडेल
स्वोस्तिका न्यौपाने

नव निर्वाचित अध्यक्षले कार्यक्रम लगत्तै पहिलो बैठक गरि पहिलो पाइलाको विधान रुप आफ्नो शक्ति प्रयोग गर्दै थप २ सदस्य तत्कालै  मनोनित  गर्नु भएको थियो। मनोनित सदस्री हरु:
किसोर खतिवडा
स्वस्तिका लामिछाने

प्रतिकृया दिनुहोस